गण्डकीलाई हराउँदै आर्मीले जित्यो महिला हकीको स्वर्ण

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला हकीमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । पोखरामा बुधबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो । टाइब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरे । त्यसअघि खेलको नवौं […]

सम्बन्धित सामग्री

महिला हक्कीमा गण्डकीलाई हराउँदै आर्मीले जित्यो स्वर्ण पदक

पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला हक्कीमा त्रिभुवन आर्मीले स्वर्ण पदक जितेको छ। पोखरामा बुधबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो।टाइब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरे। त्यसअघि खेलको नवौँ मिनेटमा नेपाल आर्मीकी सरस्वती तामाङले एक गोल गरेकी थिइन्। त्यसको दुई मिनेटपछि गण्डकीको तर्फबाट सविना पुन रानाले एक गोल थपिन्। खेल १–१ को बराबरीमा पुगेपछि टाइब्रेकरम

पुलिसलाई हराउँदै एपीएफले जित्यो महिला भलिबलको स्वर्ण

कात्तिक, म्याग्दी । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ विभागीय टोली नेपाल एपीएफ क्लबले स्वर्ण जितेको छ । म्याग्दीको बेनीमा बुधबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो । एपीएफले पहिलो सेट २५-१९ ले जित्दै खेलमा अग्रता बनाएको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेट ३०-२८ ले […]

महिला हक्कीमा गण्डकीलाई हराउँदै आर्मीले जित्यो स्वर्ण पदक

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला हक्कीमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । पोखरामा आज बुधवार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो । टाइब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरे । त्यसअघि खेलको नवौँ मिनेटमा आर्मीकी सरस्वती तामाङले १ गोल गरेकी थिइन् । त्यसको दुई मिनेटपछि गण्डकीको तर्फबाट सबिना पुन रानाले गोल थपिन् । खेल १–१ को बराबरीमा पुगेपछि टाइब्रेकरमा प...

टोकियो ओलम्पिकः अमेरिकी महिला टिमले जित्यो लगातार सातौं स्वर्ण

एजेन्सी। ब्रिट्नी ग्रिनरको ३० अंकप्रेरित अमेरिकाले आज महिला बास्केटबलमा जापानलाई ९०–७५ ले हराउँदै स्वर्ण पदक जितेको छ। अमेरिकाले ओलम्पिकको महिला बास्केटलबमा स्वर्ण पदक जितेको यो लगातार सातौं पटक हो। अमेरिकाकी ३६ वर्षिया सुए बर्ड र ३८ वर्षिया डाएना टाउरासीले पाँच स्वर्ण पदक जित्न सफल भए। जापानले पहिलोपटक रजत जित्यो। सर्वियालाई ९१–७६ ले हराउँदै फ्रान्सले काश्य पदक जित्यो।

ब्राजिललाई हराउँदै अमेरिकाले जित्यो महिला भलिबलको स्वर्ण

जापानमा जारी ३२ औं गृष्मकालिन ओलम्पिक प्रतियोगिता अन्तर्गत अन्तिम दिन महिला भलिबलतर्फको स्वर्ण पदक अमेरिकाले जितेको छ।

टोकियो ओलम्पिकः टेबल टेनिसको महिला टिममा चीनलाई लगातार चौथो पटक स्वर्ण

एजेन्सी। चीनको महिला टिमले ओलम्पिकको टेबल टेनिसमा आफ्नो दबदबालाई निरन्तरता दिएको छ। चीनले महिला टिम स्पर्धामा आयोजक जापानलाई ३–० ले हराएको हो। चीनले महिला टिम स्पर्धामा २००८ को बेइजिङ ओलम्पिकदेखि लगातार स्वर्ण पदक जित्दै आएको छ। हङकङले जर्मनीलाई ३–१ ले हराउँदै कास्य पदक जित्यो। चीनले महिला र पुरुष एकलमा पनि स्वर्ण पदक जितेको थियो।

टोकियो ओलम्पिकः रग्बी सेभेनमा महिलातर्फ न्युजिल्यान्डलाई स्वर्ण

एजेन्सी। न्युजिल्यान्ड महिला टिमले रग्बी सेभेनमा फ्रान्सलाई २६–१२ ले हराउँदै स्वर्ण जितेको हो। पाँच वर्षअघि रियो ओलम्पिकमा न्युजिल्यान्ड अस्ट्रेलियासँग फाइनलमा हारेको थियो। रियोबाटै रग्बी सेभेनले ओलम्पिकमा प्रवेश पाएको हो। फीजीले बेलायतलाई २१–१२ को स्कोरमा हराउँदै काश्य पदक जित्यो। पुरुषतर्फ फीजीले न्युजिल्यान्डलाई २७–१२ ले हराउँदै स्वर्ण पदक जित्यो। अर्जेन्टिनाले बेलायतलाई १७–१२ ले हराउँदै काश्य पदक जित्यो।

टोकियो ओलम्पिकः फेन्सिङको महिला टिम फोइलमा रुसलाई स्वर्ण

एजेन्सी। रुसी टिमले फेन्सिङको महिला टिम फोइलमा फ्रान्सलाई हराउँदै स्वर्ण पदक जितेको छ। रुसले फाइनलमा फ्रान्सलाई ४५–३४ को स्कोरमा हराएको हो। रुसले टोकियो ओलम्पिकको फेन्सिङमा पाँच दुई स्वर्ण पदक जितेको छ। रजत पदक जित्ने फ्रान्सको महिला टिम फेइलमा १९८४ पछि पहिलो पटक पदक हात पारेको हो। अमेरिकालाई ४५–२३ ले हराउँदै इटालीले कांस्य पदक जित्यो।

टोकियो ओलम्पिकः थ्री–अन–थ्री बास्केटबमा अमेरिकाले जित्यो स्वर्ण

एजेन्सी। स्टेफेनी डोल्सन, एलिशा ग्रे र केलेसी प्लम सम्मिलित अमेरिकी महिला बास्केटबल टिमले महिला थ्री–नट–थ्री बास्केटबलमा स्वर्ण पदक जितेको छ। अमेरिकाले रुसलाई १८–१५ ले हराउँदै स्वर्ण पदक जितेको हो। थ्री–नट–थ्री बास्केटबल यही संस्करणबाट ओलम्पिकमा समावेश गरिएको हो। चीनले काश्य पदक जित्यो। चीनले फ्रान्सलाई १६–१४ को स्कोरमा पराजित गरेको हो।

दक्षिण कोरिया महिला टिमले आर्चरीमा जित्यो लगातार नवौं पटक स्वर्ण

एजेन्सी। दक्षिण कोरिया महिला टिमले लगातार नवौं पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ। आन सान नेतृत्वको टिमले रुसलाई ६–० को स्कोरमा हराउँदै स्वर्ण पदक जितेको हो। दक्षिण कोरियाले १९८८ को सियोल ओलम्पिकदेखि लगातार स्वर्ण पदक जित्दै आएको छ। सियोल ओलम्पिकबाटै आर्चरीले ओलम्पिकमा प्रवेश पाएको हो। जर्मनीले बेलारूसलाई ५–१ को स्कोरमा हराउँदै काश्य पदक जित्यो।