ट्याङ्की रित्तै, कसरी धुने हात ?

कोरोना महामारीबाट बच्न ठाउँ ठाउँमा हात धुन भनेर पानी ट्याङ्की राखिए, धारा पनि जडान गरिए र तस्बिर पनि खिचिए । अनि खानेपानी मन्त्रालयले विश्व हात धुने दिवस मनाउन अपिल गर्दै एकमहिने अभियानसमेत सुरु ग¥यो । अभियान सकियो तर समस्या भने जस्ताको तस्तै छ । हात धुन राखिएका पानी ट्याङ्कीमा पानी छ कि छैन भनेर न कसैले चासो राख्यो न त अभियानकर्ताले सार्वजनिक क्षेत्रमा राखिएका पानी ट्याङ्कीमा हात धुने प्रयास नै गरे । सायद हात धुन कोही आएको भए आज राजधानीका मुख्य भागमा राखिएका पानी ट्याङ्की रित्तै हुने थिएनन् र बेसिनमा फोहोर जम्मा हुने थिएन । नयाँ सडकस्थित नेपाल वायुसेवा निगमको गेटसँगै बस, माइक्रो रोकिने स्थानमा पाँच हजार लिटरको पानी ट्याङ्की धाराविहीन र उपयोगविहीन अवस्थामा छ । माछापुच्छे« बैङ्क लिमिटेडको सहयोगमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले राखेको सो ट्याङ्की कहिल्यै उपयोगमा नआएको जानकारी छेउमै व्यापार गर्नुहुने दुर्गा खवास दिनुहुन्छ । खवास भन्नुहुन्छ, “महामारीबाट बच्न साबुनपानीले हात धुनु भन्छन् तर ट्याङ्की राखेदेखि नै पानी छैन । तीनवटा धारा, सडकपट्टि ढल निकासमा पानी झर्ने गरी राखेका थिए, ती टुटी पनि छैनन् अहिले, कताको पानी, कताको साबुन । टुटी उखेलिएका धारामा केले हात धुनु र ? उल्टै यत्रो ट्याङ्कीको बिजोग देख्नुपरेको छ ।” खुलामञ्च सँगैको अस्थायी बसपार्क, जहाँ हरेक दिन विपन्नलाई दानवीर तथा मनकारीले खानासमेत खुवाउँछन् । खाना खुवाउने ठाउँमै दुई सय लिटरको कालो ट्याङ्की छ । त्यो ट्याङ्की पनि पानीविहीन छ । उपयोगमा नआएर बेसिनमा कागजका प्लेट लगायतका फोहोर भरिएका छन् । त्यसकै विपरीत पेटीमा कुनै संरचनासमेत नबनाई भुइँमा राखिएको त्यति नै क्षमताको पानी जाने ट्याङ्कीको बिर्को खोलेर हेर्दा एक थोपा पानी थिएन । त्यस्तै शान्ति वाटिकाको गेटनिर पनि ब

सम्बन्धित सामग्री

शरीर बुढो हुँदै गएपछि किन हात काम्छ ?

हामी देख्छौं–बुढापाकाहरुले केही समाउन खोज्यो भने हात काम्छ । हुन त डर, तनाव, न्युन रक्तचाप, एन्जाइटी (चिन्ता) जुनसुकै उमेर समूहका  व्यक्तिको पनि हात वा शरीर काम्छ । यद्यपि बुढ्यौलीमा हात काम्ने कारण भने फरक छ । यो अधिकांशलाई बुढ्यौलीमा पुगेपछि हुने समस्या हो । यस किसिमको समस्याले गर्दा उनीहरुलाई सामान्य कामकाज गर्न पनि कठिन भइरहेको […]

विश्व हात धुने दिवसः यी हुन् हात धुनैपर्ने अवस्थाहरु

दैनिक घर बाहीर गएर आइसकेपछि कुनैपनि नयाँ कामको सुरुवात वा कामको अन्त्यमा साबुनपानीले मिचीमिची हात धुन नभुलौं।

आज विश्व हात धुने दिवस

काठमाडौं : अक्टोबर १५ अर्थात् विश्व  हात धुने दिवस। ‘हातको स्वच्छताका लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वसभर मनाइँदैछ।नेपालमा भने सरकारको अग्रसरतामा ‘हात धुने बानी व्यवहार : स्वस्थ र सभ्य जीवनको आधार’ नाराका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००८ अक्टोबर १५ तारिखदेखि विश्व हात धुने दिवस मनाउन सुरु गरिएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साबुनपानीले राम्ररी हात धुँदा झाडापखाला ३० प्रतिशते र श्वासप्रश्वा

सही धस्काउनुअघि कर्मचारीको हात किन काँप्छ ?

जिल्ला कार्यालयबाट फाइल उठेर विभागहुँदै मन्त्रालय आएको फाइल सही गर्ने बेला एक जना सचिवको हात लुगलुग काँपेको देखेपछि मेरो मनमा प्रश्न उब्जेको थियो– किन यसरी हात काँप्छ ? कतै यो रोग त हैन ? सचिव मात्र होइन, सहसचिव, उपसचिवहुँदै तल्लो तहका कर्मचारीहरूमा पनि यो ‘रोग’ रहेछ ।

प्रचण्डलाई ‘माछा देखे भित्र हात, सर्प देखे बाहिर हात’ नगर्न बाबुरामको सुझाव

काठमाडौं, १९ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जिम्मेवार राजनीतिक नेतृत्वले ‘माछा देख भित्र हात, सर्प देखे बाहिर हात’ नगर्ने बताएका छन् । उनको टिप्पणी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित रहेको छ । प्रचण्डले एमसीसी पास गर्ने भनेर अमेरिकालाई चिठ्ठी नलेखेको भनेर बोलेको कुरामा भट्टराईले […]

जोक्स : सीतामाथि हात

एक दिन रावणलाई भगवानको अदालतमा लगिएछ । अनि भगवानहरुले रावणलाई गीतामाथि हात राख्न भनेछन् । तर रावणले नमानीकन भनेछ— सीतामाथि हात राख्दा त यति ठूलो समस्या आयो अब म गीतामाथि हात किन राख्ने ? साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

'शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचियो !'

जनकपुरधाम : शिक्षकको कुटाइबाट एक विद्यार्थी घाइते भएका छन्। जनकपुरधाम उपमहानगरपालिका–४ बसहिया रोडस्थित स्वस्तिक इङ्लिस बोर्डिङ स्कुलका शिक्षिका र शिक्षकको कुटाइबाट एक विद्यार्थीको हात भाँचिएको अभिभावकको दावी छ। शिक्षिका शोभा साह र शिक्षक रब्बानी हुसैनले कक्षा ४ मा अध्ययनरत सिद्धार्थ ठाकुरलाई कुट्दा उनको हात भाँचिएको उनका बुबा जितेन्द्रले बताए।हात भाँचिएका बालक…

एमआईटीले बनायो सस्तो प्रोस्थेटिक हात

एमआईटीले सस्तो प्रोस्थेटिक हात बनाएको छ । जसले हात विच्छेदन भएकाहरुलाई महसुस गर्न दिनेछ । न्यूरोप्रोस्थेटिक हरेक वर्ष एकदमै विकास हुँदै गईरहेको छ । एमआईटीले साङ्भाई जिओ टोङ विश्वविद्यालयसँग सहकार्य गरेर ५०० डलर पर्ने न्यूरोप्रोस्थेटिक निर्माण गरेका छन् । यसमा प्रयोग अघि हातैले बनाइएको ईकोफ्लेक्स नामक इलास्टोमिटरमा हावा भरिएको हुनुपर्छ । यो डिभाइसमा विद्युतीय...

प्रधानमन्त्रीले हात उठाए, विप्लवले गरे लालसलाम

प्रधानमन्त्री ओली र विप्लव सँगै मञ्चमा देखिएका थिए। प्रधानमन्त्रीले उपस्थितलाई हात हल्लाए। रातो टीका लगाएर आएका विप्लवले पनि हात उठाए।

हामी फेरि कहिलेदेखि हात मिलाउन सक्छौँ ?

हामी एक–अर्काबीच भेट हुँदा हात मिलाउँछौँ । यो चलन धेरै पहिले सुरु भयो । धेरै चुनौतीको सामना गरेको अभिवादनको यो शैली (ह्यान्डसेक) अहिले पनि अभ्यासमा छ । आदिमकालमा सुरु भएको हात मिलाउने शैली...