रुसले विश्वको कुनै पनि कुनामा पुग्न सक्ने क्षेप्यास्त्र बनाएको दावी गरेको छ । यसका साथसाथै रुसले आफ्नो क्षेप्यास्त्रको अगाडि विश्वका कुनै पनि क्षेप्यास्त्र प्रविधि टिक्न नसक्ने दावी समेत गरेको छ । रुसको प्रविधिलाई युरोप र अमेरिकाको विद्यमान शील्ड पनि रोक्न नसकने दावी गरिएको छ । फेडरेसन अफ अमेरिकन साइन्टिस्टका अनुसार परमाणु हतियारको संख्याको मामिलामा रुस सबैभन्दा अगाडि छ । याहाँ आजका दिन सम्म कुन देससँग कति परमाणु हतियार छ भन्ने विषयको जानकारी समेट्ने प्रयास गरिएको छ ।