काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले विभागीय टाेली सशस्त्र प्रहरीकाे एपीएफ क्लबलाई हराएकाे छ ।
ललितपुरकाे एन्फा कम्प्लेक्समा भएकाे खेलमा हिमालयनले एपीएफलाई ३–२ गाेलले हरायाे । हिमालयनका लागि खामिर गिल्सन, पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले गोल गरे । एपीएफका सनिश श्रेष्ठ र युवराज खड्काले गोल गरे ।
याे जितसँगै हिमालयन शेर्पा १९ खेलमा २५ अङ्कसहित तालिकाकाे साताैँ स्थानमा उक्लिएकाे छ । एपीएफ २२ अङ्कसहित १२ औँ स्थानमा छ ।
यस्तै आजै त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेल...