सुनकोशी, इन्द्रावती र मेलम्चीमा बाढी

काठमाण्डाै – सुनकोशी, इन्द्रावती र मेलम्चीमा बाढी आएको छ । दोलालघाटमा सुनकोसी नदीको बहाव बढेर खतराको तहसम्म पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, सिन्धुपाल्चोककै इन्द्रावती र मेलम्चीमा पनि गए रातिदेखि बाढी आएको छ । नदीमा बहाव बढ्ने सम्भावना भएकोले मेलम्ची बजार लगायत तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित सामग्री

इन्द्रावती नदीमा हालियो बेलिब्रिज

मेलम्ची खोलाको बाढीले बगाएको इन्द्रावती नदीमा नेपाली  सेनाले बेलिब्रिज हालिदिएको छ।  मेलम्ची नगरपालिका, पाँचपोखरी थांपाल र इन्द्रावती गाउँपालिकाको लाइफ लाइन को रुपमा रहेको यो पुल हालेपछि हजारौँ स्थानीयलाई लाभ पुगेको छ।  नेपाली...

मण्डनका घरघरमा पुग्दैछ : ‘अविरल इन्द्रावती’

काठमाडौँ,६ पुष । खानेपानीको अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा इन्द्रावती नदीको पानी पु¥याईंदैछ । करिब दुई दशकअघि ‘अविरल बग्दछ इन्द्रावती’ नामक टेलिशृङ्खला हेरेका स्थानीयवासीलाई सोही नदीको पानी पाइपबाट घरघरमा पु¥याइने भएको हो । टेलिसिरियलमार्फत चर्चित बनाइएको आफ्नै भूमि छोएर बग्ने उक्त नदीको पानी मण्डनदेउपुर नगरका पाँच हजारभन्दा बढीको जिन्दगानी बन्दैछ । लिफ्टिङ प्रविधिमार्फत नगरका पाँच […]

इन्द्रावती गाउँपालिका एमालेको पोल्टामा

जिल्ला पार्टीका दुई पूर्वप्रमुखबीचको प्रतिस्पर्धाले चासोकासाथ हेरिएको इन्द्रावती गाउँपालिकामा एमालेले बाजी मारेको छ। पालिका अध्यक्षमा झम्क नेपाल र उपाध्यक्षमा शोभना तामाङ विजयी भएका छन्।...

देशभरिका गाउँपालिकाकाे फाइल पल्टाउँदा इन्द्रावती पहिलाे नम्बरमा आउँछ : थापा

सिन्धुपाल्चाेक – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इन्द्रावती गाउँपालिका देशभरबाट पहिलाे नम्बरमा रहेको बताउनुभएकाे छ । देशभरिका गाउँपालिकाको फाइल पल्टाउँदा इन्द्रावती पहिलाे नम्बरमा आउने उहाँले बताउनुभयाे ।  इन्द्रावती गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई आज शनिवार सम्बोधन गर्दै महामन्त्री थापाले भन्नुभयाे, ‘सिंहदरबारमा बसेर जिम्मेवारी निर्वाह गर्दै गर्दा पटक–पटक उदाहरण दिने क्रममा इन्द्रावती गाउँपालिकाको, यहाँका अध्यक्ष वंशलाल तामाङको नाम आउँछ । इन्द्रावती गाउँपा...

इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मिरा अधिकारी लामाको शनिबार निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित उनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो।...

इन्द्रावती गाउँपालिका उपाध्यक्षको निधन

इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार बिहान निधन भएको छ। अधिकारी नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाकी श्रीमतीसमेत हुन्। लामो समयदेखि ब्रेष्ट क्यान्सर पीडित अधिकारीको उपचारको क्रममा शिक्षण अस्पताल...

महिना दिनपछि इन्द्रावती तेस्रोबाट विद्युत् उत्पादन सुरु

मेलम्ची इन्द्रावती नदीमा आएको लगातारको बाढीका कारण साउन १७ गतेदेखि बन्द रहेको इन्द्रावती तेस्रो जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आएको छ । सात दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजना करिब एक महिनापछि सञ्चालनमा आएको हो । यसअघि गत असार १ गतेको मेलम्ची इन्द्रावती नदीको बाढीले क्षति पु¥याएको आयोजना डेढ महिना बन्द भएर साउन १४ गतेदेखि सञ्चालनमा आएको थियो ।साउन १७ गते पुनः आएको बाढीले मेलम्ची नगरपालिका–१२ सिन्धुखोलामा बगाएको दुईवटा टावर महिना दिनभित्रमा अस्थायी पुनःनिर्माण गरी विद्युत् उत्पाद

बाढीले बन्द इन्द्रावती तेस्रो जलविद्युत् आयोजना पुनः सञ्चालनमा

गत असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको सात दशमलव पाँच मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । मेलम्ची खोलाको बाढीले राति ढालेको प्रसारण लाइनको चारवटा टावर र इन्द्रावती नदीको बाढीले क्षति पु¥याएको विद्युत्गृहको संरचनाको मर्मतपछि बुधबार रातिदेखि पुनःसञ्चालनमा ल्याइएको आयोजना प्रमुख मानोलाक श्रेष्ठले जानकारी दिनुभयो । इन्द्रावतीमा आएको बाढीले तिपेनीस्थित बाँध भत्काउनुका साथै सिभिल कार्य तथा इलेक्ट्रिक मेसिनमा ठूलो क्षति पुगेको थियो ।

इन्द्रावती नदीको कटान जारी, मेलम्चीमा ढल्यो घर

काठमाडौं : मेलम्ची बजार क्षेत्रमा इन्द्रावती नदीले कटान जारी राखेको छ। असार १ गते आएको बाढीका कारण क्षतिग्रस्त मेलम्ची नगरपालिकाको वडा ११ मा रहेको प्रहरी चौकी नजिकैको घर बाढीको कटानले ढलेको छ। वर्षाले पानीको बहाव बढेपछि शनिवार बिहान गोपाल दुलालको उक्त घर नदीले तानेको हो। मेलम्ची र इन्द्रावती नदीको बाढीले…