वाणिज्य मन्त्रालयले कोरोनाको असर आपूर्ति व्यवस्थामा पर्न नदिन थाल्यो तयारी

काठमाडौँ । भारतमा गहिरिएको कोरोनाको असरले नेपालको आपूर्ति व्यवस्थामा हालसम्म असर नपरेको जानकारी सरकारलाई निजी क्षेत्रले गराएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलमा आइतबार भएको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले बजारमा अत्यावश्यक वस्तुको मौज्दात प्रशस्त रहेको र आपूर्ति व्यवस्थामा हालसम्म कुनै प्रभाव नपरेको जानकारी गराएको वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले जानकारी दिएका छन् । […]

सम्बन्धित सामग्री

आर्थिक सुस्तीले चितवनको फेन्सी व्यवसाय संकटमा

चितवन। प्रमुख चाडपर्व सकिएसँगै नारायणगढ बजारका पसल व्यवसाय चल्नै नसक्ने अवस्थामा पुगेका छन् । आर्थिक सुस्तीले कतिपय व्यवसायीले पेशा परिवर्तन गर्न थालेका छन् भने केही पलायन नै भएका छन् । मन्दीको असर सबै क्षेत्रमा परे पनि अन्यको तुलनामा फेन्सी व्यवसाय बढी समस्यामा परेको उद्योग वाणिज्य संघ चितवनले बताएको छ । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष शंकरप्रसाद घिमिरेले १० प्रतिशत फेन्सी व्यवसायीले व्यवसाय छाडेको बताए । उनले भने, ‘१० प्रतिशत त विस्थापित नै भइसके ५० प्रतिशत फेन्सी व्यवसायी बन्द गर्ने अवस्थामा छन्, २५ प्रतिशत सुस्त चलेका छन् भने बाँकी व्यवसायीले जेनतेन व्यवसाय धानेका छन् ।’ फेन्सी व्यवसायी संघ चितवनमा १३ सय सदस्य आबद्ध रहेको बताइएको छ । ‘तीजमा खासै व्यापार हुन सकेन, दशैंमा पनि अपेक्षित रूपमा भएन, तिहारको समयमा जाडोको कपडाको व्यापार मात्र भयो,’ अध्यक्ष घिमिरेले भने, ‘तिहारपछि व्यापार सुनसान जस्तै छ ।’ घटेको घरभाडा बढ्दै जानु, बैंकको ब्याज दर नघट्नु र महानगरपालिकाले करमा छूटको व्यवस्था नगर्नु अहिलेको मुख्य समस्या रहेकोे उनको भनाइ छ । कोरोनाको समयमा घरधनीले एक–दुई महीनाको भाडामा कटौती गरे पनि पछिल्लो समय भाडादर बढाउँदा व्यवसायी मारमा परेको अध्यक्ष घिमिरेले बताए । प्राय: घरधनीले हरेक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्दै आएका छन् । व्यवसायीले अहिले भाडा नबढाउन माग गरिरहेका छन् । व्यवसायीलाई पलायन हुनबाट रोक्ने नीति अवलम्बन गर्न महानगरलाई व्यवसायीले आग्रह गर्दै आएका छन् ।

नेपालको वाणिज्य क्षेत्रमा कोरोनाको असर

विश्वभर महामारीका रूपमा पैmलिएको कोरोनाका कारण नेपालमा पनि आर्थिक क्रियाकलाप प्रभावित भए । २०७६ चैत ११ गते सुरु भएको लकडाउन २०७७ असार १ गते खुकुलो हुन सुरु भई मंसिरपछि सामान्य हुँदै गए पनि पुन: ठीक एक वर्षपछि अर्थात् २०७७ चैतदेखि त कोरोनाको संक्रमण हुने दैनिक बिरामी बढ्दै गएकाले र २०७८ चैतपछि लकडाउन हटे पनि २०७९ […]

सुस्ताउँदै उद्योग, बिरामी भएको कारण देखाउँदै २५ प्रतिशत मजदुर काममा आएनन् !

सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा कार्यरत मजदुरमा कोरोनाको तेस्रो लहरको प्रभाव बढेसँगै औद्योगिक क्षेत्र सुस्त बनेको छ । कोभिडको तेस्रो लहर र मौसमी रुघाखोकीको प्रभावमा मजदुर परेपछि त्यसको असर उत्पादनमा पर्न थालेको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं बोहोरा ग्रुपका सञ्चालक अविनाश बोहराका अनुसार मजदुर बिरामी परेर काममा आउन छाडेका छन्, जसको असर उत्पादनमा पर्ने उद्योगी बोहराले जानकारी दिए । बोहराले भने, “प्रशासन र उद्योगमा कार्यरत कर्मचारी र मजदुरमा समस्या बढ्दै गएको छ । बिरामी भएको कारण दे...

बारा–पर्साका उद्योगका कामदार र सञ्चालकलाई कोरोनाको खोप दिन माग

जेठ २५, वीरगञ्ज  । बारा–पर्साका औद्योगिक प्रतिष्ठानमा कार्यरत कामदार, कर्मचारी र उद्योगीहरूका लागि वीरगञ्ज उद्योग वाणिज्य संघले १ लाख मात्रा खोप माग गरेको छ । संघले मंगलवार स्थास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखी यस्तो माग गरेको हो । बारा र पर्सामा साना, मझौला र ठूला गरी भण्डै १ हजार उद्योग प्रतिष्ठान रहेको र करीब १ लाख २५ जार कर्मचारी, कामदारका लागि खोप अत्यावश्यक रहेको संघका अध्यक्ष सुवोधकुमार गुप्ताले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।  अत्यावश्यकीय बस्तुको उत्पादन र आपूर्तिमा अग्रपंक्तिमा रहेर काम गर्ने उद्योगी र उद्योग प्रतिष्ठानका कामदार कर्मचारीलाई खोपमा प्राथमिकता नदिइएकोमा अध्यक्ष गुप्ताले असन्तुष्टि व्यक्त गरेका छन् । पटक-पटक खोप अभियान सञ्चालन गर्दासमेत उद्योग व्यापार क्षेत्रलाई प्राथमिकतामा नराखिएकोमा संघले असन्तुष्टि व्यक्त गरेको छ । ‘कोरोनोको पहिलो र दोस्रो लहरको त्रासपूर्ण वातावरणमा नियमित रुपमा काम गरेका कर्मचारी, कामदार, उद्योगी, व्यवासयी हालसम्म खोपबाट बञ्चित छन्,’ गुप्ताले भने, ‘महामारीमा अत्यावश्यकीय उत्पादन आपूर्तिमा खटिने कामदार कर्मचारी र उद्योगीलाई बेवास्ता गरिनु दुःखद तथ्य हो ।’ सीमावर्ती क्षेत्रमा रहनु र सबैभन्दा ठूलो औद्योगिक र व्यापारिक केन्द्र हुनुका कारण बारा–पर्सा क्षेत्रमा कोरोनाको असर बढी परेको संघका उपाध्यक्ष माधव राजपालले बताए ।  ‘वीरगञ्ज र यस क्षेत्रका उद्योग प्रतिष्ठानमा कार्यरत कामदार, कर्मचारी र उद्यमीलाई कोरोनाको तेस्रो लहर आउनुअघि नै खोप लगाउनु जरुरी छ,’ उपाध्यक्ष राजपालको आग्रह छ ।  उद्योग, व्यापार, व्यवसाय क्षेत्रमा काम गर्नेलाईअग्रपंक्तिमा रहेर काम गर्नेसरह प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनुपर्ने संघका अर्का उपाध्यक्ष हरि गौतमको भनाइ छ ।  समयमै खोप उपलब्ध नहुँदा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग, व्यवसाय बन्द गर्नुपर्ने अवस्था आइपरेमा त्यसबाट आपूर्ति व्यवस्थापन खल्बलिनेतर्फ संघले सरकारको ध्यानाकर्षण गराएको छ ।  संघले प्रदेश नं २ सरकार, वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा र नेपाल उद्योग वाणिज्य महासंघलाई पनि खोप उलब्ध गराउने कार्यमा पहल गरिदिन आग्रह गरेको छ ।

निषेधाज्ञाका कारण बैंकहरूमा सेवाग्राहीको चाप घट्यो

वैशाख २३, चितवन । कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण चितवनका बैंकहरूमा सेवाग्राहीको चाप घट्दै गएको छ । अधिकांश आर्थिक गतिविधि र मानिसको चहलपहल कम हुँदै गएपछि बैंकहरूमा निक्षेप गर्नेभन्दा झिक्नेको संख्या बढ्दै गएको छ ।  महामारीका कारण हाल बैंकमा जाने सेवाग्राहीमध्ये निक्षेप भन्दा पैसा निकाल्नेको संख्या बढ्दै गएको हो । जिल्लामा हाल कोरोनाको कारण बैंकमा कम जनशक्ति र सेवा अवधिको समय पनि घटाइएकोले कारोबारमा ह्रास आएको बैंकर्सहरु बताउंँछन् ।  भरतपुर महानगरपालिका वडा नम्बर १० हाकिमचोक स्थित कृषि विकास बैंकका शाखा प्रबन्धक हरि अधिकारी बैंकमा आउने सेवाग्राहीको संख्यानै दिनहुंँ घट्दै गइरहेको बताउंँछन । ‘अहिले महामारीले पनि विकराल रूप लिएको छ । प्रशासनले पनि कडाइ गरेको छ,’ उनले भने, ‘निक्षेपभन्दा पनि बढी निकाल्ने नै बढी आएका छन् ।’ उनका अनुसार यसअघि एउटै शाखाबाट डेढसयको हाराहारीमा सेवाग्राहीको काम गरिए पनि यो संख्या घटेर आधाभन्दा कम भएको छ । निषेधाज्ञा र कोरोनाको प्रभाव बढ्दै जांँदा अत्यावश्यकका सेवा बाहेक अन्य सेवा ठप्प छन् । निशेधाज्ञा कति लम्बिने हो र अनिश्चित हुने अन्यौल हुंँदा आफ्नो सुरक्षाको लागि पनि जम्मा भएको पैसा निकाल्ने गरेका हुन् ।  वाणिज्य बैंकको चितवनका सबै शाखामध्ये बढी चाप हुने भरतपुरको चौविसकोठी स्थित शाखा पनि सुनसान जस्तै देखिन्छ । ‘अहिले व्यक्ति र नीजि कम्पनीका सेवाग्राही कत्तिपनि छैनन भने हुन्छ,’ शाखा प्रबन्धक सन्तोष सोतीले भने, ‘अहिले सरकारी कार्यालयका राजस्व मात्र जम्मा भइरहेका छन् ।’ निषेधाज्ञा भएपछि भने सेवाग्राही चापसंँगै निक्षेप गर्नेको संख्यामा धेरैनै कमी आएको तर पैसा झिक्ने र एटीएममा भने बढी चाप बढेको उनले बताए । ‘चेक साट्ने, एटीएमबाट पैसा निकाल्ने बढी छ,’ उनले भने, ‘पहिले यस अघि ४, ५ दिनको अन्तरमा एउटा एटीएममा २५ लाख हाल्थ्यौं । अहिले दुईदिनमै हाल्नुपर्छ ।’  उनका अनुसार गतबर्षको निशेधाज्ञामा भन्दा अहिले गरिएको निशेधाज्ञामा सेवाग्राहीको संख्या कमी आएको र बैंकिङ सेवा अवधि पनि घटाइएको कारण निक्षेप र बचतमा असर परेको हो ।  देशमा ठूला ठूला विकास निर्माणका काम तथा अन्य धेरै आर्थिक गतिविधि नभएपनि खाद्यान्न तथा औषधिजन्य बस्तुको सेवाको भने कारोबारमा असर परेको छैन । अन्य उद्योगी व्यवसायीको कारोबारमा कमी आएर बचत तथा निक्षेपको परिमाणमा घटबढ भए पनि कतिपय बैंकहरु लक्षित सेवाग्राहीका कारण दैनिक कारोबारमा खासै असर परेको छैन । लक्ष्मी बैंक, नारायणगढ शाखाका पुरुषोत्तम पुडासैनी अन्य शाखामा निक्षेप गर्ने सेवाग्राही घटेपनि नारायणगढ शाखामा भने झिक्नेको तुलनामा निक्षेप गर्ने पनि उत्तिकै रहेको बताउंँछन् । ‘हाम्रो यो शाखामा अन्य बैंक र यसको शाखा भन्दा ठ्याक्कै फरक छ । हाम्रोमा अधिकांश दैनिक उपभोग्य र खाद्यवस्तुको काराबार गर्ने ग्राहक हुनुहुन्छ,’ उनले भने, ‘त्यसैले निक्षेपमा कमी आएको छैन । अन्य शाखामा भने निषेधाज्ञा भएपछि नगदको अभाव भएको छ ।’ अघिल्लो  निषेधाज्ञामा अधिकांश ग्राहकले डिजिटल प्रविधि तथा अनलाइन भुक्तानी बाट कारोबार गर्ने गरेकोले बैंकमा आउने ग्राहकको उपस्थिति कम भएपनि कारोबारमा भने खासै गिरावट  नआएको उनको भनाइ छ । ‘मेरो शाखामा भन्नुपर्दा निशेधाज्ञामा भन्दा अहिले पनि कारोबार उस्ताउस्तै हो । तर मान्छेको चाप भने घटेकै हो,’ उनले भने ।

तंग्रिएको अर्थतन्त्रमा कोरोनाको दोस्रो लहरको असर

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले तंग्रिन लागेको अर्थतन्त्रमा कोरोनाको दोस्रो लहरले फेरी असर गरेको बताएको छ। त्यसैले अब कोरोना संक्रमण फैलिन नदिइ अर्थतन्त्रलाई चलायमान बनउनु पर्ने महासंघको भनाइ छ। निषेधाज्ञाको समयमा पनि रोजगारी गुम्न नदिने र आर्थिक गतिविधि चलायमान बनाउने विषयमा छलफल गर्न तयार रहेको अध्यक्ष शेखर गोल्छाले बताए।

अर्थतन्त्र चलायमान बनाउन आग्रह

नेपाल उद्योग वाणिज्य सङ्घले कोरोनाको सङ्क्रमण फेरि बढ्दै जाँदा तङ्ग्रिन थालेको अर्थतन्त्रमा असर पर्ने देखिएको छ । सरकार, निजी क्षेत्रसहित आम जनता सबैको अहिलेको प्रमुख दायित्व फेरि पनि सङ्क्रमणलाई पैmलिन नदिई अर्थतन्त्रलाई पनि चलायमान बनाउनु रहेको पनि महासङ्घले औँल्याएको छ । यस अवस्थामा उच्चतम स्वास्थ्य सतर्कतासाथ स्वास्थ्य सुरक्षाका सबै उपाय अलवम्बन गरी निषेधाज्ञाको समयमा पनि रोजगार रोजगारी नगुम्ने र आर्थिक गतिविधि सञ्चालन सहज बनाउने वातावरणका लागि सरकार र निजी क्षेत्रको थप सहकार्य आवश्यक रहेको महासंघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चितवनका उद्योगी व्यवसायीलाई कोरोनाको त्रासभन्दा बढी लकडाउनको  चिन्ता

वैशाख ९, चितवन । कोरोनाको दोस्रो लहर गुणात्मक रुपमा फैलिन थालेपछि चितवनका उद्योगी व्यवसायीहरु चिन्तित हुन थालेका छन् । चितवनमा पनि विद्यालयमा कोरोना संक्रमित भेटिएपछि यहाँका विद्यालय तथा कलेज पनि भौतिक रुपमा बन्द गरिएको छ । यस्तै होटल रेष्टुरा पनि राती अबेरसम्म खोल्न स्थानीय प्रशासनले निषेध  गरेको छ । पार्टी प्यालेस, सभा तथा अन्य जमघट हुने स्थानमा समेत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर २५ जनाभन्दा बढी भेला हुन नपाईने आदेश र अनुरोध गरिसकेको छ  ।  जसका कारण दिनप्रतिदिन मानिसको चहलपहल तथा गतिविधि पातलिंदै गएको छ । गतबर्षबाट थलिएको उद्योग व्यवसाय लयमा फर्कनै लाग्दा उद्योगी व्यवसायीलाई कोरोनाको त्रास भन्दा लकडाउन हुन्छ कि भन्ने चिन्ता थपिएको छ । यसका लागि उद्योगी व्यवसायीका छाता संस्थाहरुले उद्योगी व्यवसायी तथा स्थानीय प्रशासनसँग छलफल गर्ने तयारीसमेत गरेका छन् ।  उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ कोरोनाको त्रास फैलिएसँगै उद्योगी व्यवसायीसँग छलफल गरिएको बताउँछन् । ‘हामीले वस्तुगत सँघका व्यवसायीहरुसंँग एक किसिमको छलफल गरिसकेका छौं ’, उनले भने, ‘अब प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्दैछौं ।’  लकडाउन गरेमा चितवनमा पछिल्लो समय खुलेका ठूला होटल, रेष्टुरेण्टहरुलाई सबैभन्दा बढी क्षति पुग्ने श्रेष्ठले बताए । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उद्योग व्यवसाय चलाउन र लकडाउन हुने मनोवैज्ञानिक त्रास नलिन सबै उद्योगी व्यवसायीलाई आग्रह गरेको उनले बताए । ‘लकडाउन भएमा नीजि क्षेत्रलाई त असर पर्छनै पर्छ त्यो भन्दा बढी राज्यलाई असर पर्छ’, श्रेष्ठले भने ।  कोरोनासंँग हरेक मानिस अभ्यस्त र अनुभवी भइसकेकोले पनि उद्योगी व्यवसायीलाई पुनः लकडाउन हुन्छ कि भन्ने त्रास पैदा भएको छ । केही दिनदेखिको कारोनाको ग्राफ उक्लिदै जांँदा  कतिपय व्यवसायमा यसको प्रभाव परिसकेको छ त कारोबार पनि घट्दै गइरहेको छ ।  ‘अहिले उद्योग व्यवसाय ८० प्रतिशत  लयमा फर्केको अवस्था थियो, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले  भने, अब एक महीनामात्रै लकडाउन हुँदा व्यवसाय सन्तुलनमा आउन तीन महीनाभन्दा बढी समय लाग्छ । दैनिक ५ हजारभन्दा कम संक्रमित भए लकडाउन नहुने र गर्न नहुने उनले तर्क गरे । लकडाउन अन्तिम विकल्प नभएको भन्दै सरकार तथा निजी क्षेत्रले यस विषयमा समयमै समन्वय गरेर अघि बढ्नु पर्ने पौडेलले बताए ।  दोस्रो लहरको कोरोना भाइरस फैलिएका कारण व्यापार व्यवसायको कारोबारमा दैनिक रुपमा ह्रास आएको छ । एकातिर व्यवसायीले तिनुपर्ने रकम तिर्न सकेका छैनन त उठ्नुपर्ने रकमसमेत उठ्न सकेको छैन । व्यापारमा निर्भर व्यवसायीहरु पनि खरीदविक्रीमा असन्तुलन देखिसकेको बताउँछन् ।  चेम्बर अफ कमर्स चितवनका उपाध्यक्ष गोपाल भट्टराई भारतमा देखिएको नयांँ प्रकारको कोरोना भाइरसका कारण मनोवैज्ञानिक रुपमा स्वास्थ्य र व्यवसाय दुबैमा असर पुगिसकेको बताउँछन् । विस्तारै गतिलिएको व्यवसायलाई थप लगानी गर्न र व्यवसाय विस्तार गर्न व्यवसायीहरु पछि हटिसकेको उनले बताए ।  ‘अब के हुन्छ भन्ने व्यवसायीहरुमा त्रास छ’, भट्टराईले भने, ‘पहिलेको जस्तो सरकारले लकडाउन गरे हाम्रो व्यवसाय पुरै सखाप हुन्छ ।’ सरकारले लकडाउनलाई नै प्राथमिकतामा नराखेर अन्य विकल्प अपनाउनु पर्ने उनको धारणा छ । ‘उद्योग व्यवसायको लागि लकडाउन गर्नै हुन्न । यसको विकल्प तत्काल खोजिनु पर्छ । लकडाउनलाई अन्तिम विकल्पको रुपमा प्रयोग गरिनुपर्छ’, उनले भने ।

कोरोनाको मारमा लघु तथा घरेलु उद्योग, ठूला उद्योगको उत्पादन आधाले घट्यो

३ फागुन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको एक अध्ययनमा लघु तथा घरेलु उद्योगमा कोरोना भाइरस (कोभिड-१९)को असर उच्च पाइएको छ । कोरोना र यसबाट बच्नका लागि अबलम्बन गरिएको लकडाउन र निषेधाज्ञाका कारण …

केरूङ नाकामा थन्किएका सामग्री नेपाल भित्र्याउने पहल शुरू

कोभिड–१९ का कारण केरूङमा थन्किएर बसेका सबै माल सामग्री चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै नेपाल भित्र्याउन पहल शुरू भएको छ ।          कोरोनाको असर न्यून हुँदै गएकाले ढुवानी व्यवस्था सहज गर्न रसुवागढीको मितेरी पुलदेखि २३ किमी पर केरूङको भण्डारणमा रहेका सबै सामग्री छिटोभन्दा छिटो नेपाल भित्र्याइ दिन जिल्ला प्रशासन कार्यालय रसुवा आवश्यक पहल शुरु गरेको हो ।          चीनबाट नेपाली व्यवसायीले मगाएका सामग्री छिटोभन्दा छिटो नेपाल भित्र्याउन ल्हासास्थित वाणिज्य दूतावास एवं चिनियाँ भन्सार प्रतिनिधिसँग कुराकानी भइरहेकाले सम्भवतः चिनियाँ भूभागमा मनाइने ल्होछार पर्वअगावै केरूङमा थन्किएका मौज्दात सामान छिट्टै रसुवागढी पुग्ने अपेक्षा गरिएको चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले बताउनुभयो ।