काठमाडौं, १३ असार । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजोमात्रै मन्त्रिपरिषद् पूनर्गठन गरेका थिए । सो अनुसार नेकपा (एकीकृत समाजवादी) बाट ४ मन्त्री र १ राज्यमन्त्री नियुक्त भएका थिए । आज (सोमबार) राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् […]