आफ्नो उद्देश्य अनुसार चल्नुपर्नेमा नेतृत्व हडप्ने हानथापमा रस्साकस्सि भइरहँदा एनआरएनए माथि नै गम्भीर शंका उब्जिएका छन् । हरेक २ वर्षमा हुने नेतृत्व परिवर्तनको महाधिवेशन ताका अचाक्लि विवादहरु मात्रै हुँदैनन् । एनआरएनए संस्थाप्रति नै विश्वास घट्दै गएको पाइन्छ ।