काठमाडौं : सवारीसाधन मर्मतका लागि वर्कशपहरू रातिको समय पारेर सञ्चालन गर्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुर जिल्ला प्रमुख अधिकारीहरुको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। निर्णय पत्र अनुसार २१ गते राति ९ बजेदेखि बिहान ९ बजेसम्म वर्कशपहरू सञ्चालन गर्न पाइने छ। त्यस्तै,तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थान बाटोमा तरकारी तथा फलफूल वितरण गर्न पाइने छैन।सरकारी कार्यालय,सार्वजनिक संस्थान,बैंक, अन्य सम्पूर्ण वित्तीय संस्थाहरु,इन्टरनेट सेवा प