मेलम्ची एमालेको नगर अधिवेशन १३ गतेमात्र

मेलम्ची : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन कात्तिक १३ गते गर्ने भएको छ। नगर अधिवेशन आयोजक कमिटीको मेलम्ची बजारमा बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो। केन्द्रको निर्णयअनुसार देशभर नगर अधिवेशन आगामी ९ गते गर्ने भनिए पनि मेलम्चीमा भने ४ दिन सर्ने भएको हो। नगर संयोजक…

सम्बन्धित सामग्री

कोहलपुर नगरपालिकाको चौधौं नगर अधिवेशन सम्पन्न

नेपालगञ्ज– कोहलपुर नगरपालिकाको चौधौं नगर अधिवेशन सम्पन्न भएको छ। बुधबार नगर सभामा आयोजित चौधौं नगर अधिवेशन मार्फत चालु आ.व. को अहिलेसम्म भएका प्रगति, संशोधित बजेट तर्जुमाका साथै अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। नगर सभामा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले अहिलेसम्म भएको प्रगति प्रतिवेदन, संशोधित बजेट तर्जुमाका साथै मध्यवर्ती समीक्षा सहितको प्रतिवेदन पेश गरेकी थिइन्। […]

एमालेले मेलम्चीमा १३ गते नगर अधिवेशन गर्ने

नेकपा (एमाले) मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन कार्तिक १३ गते हुने भएको छ । नगर अधिवेशन आयोजक कमिटीको बिहीवार मेलम्ची बजारमा बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रको निर्णय अनुसार देशभर नगर अधिवेशन आगामी ९ गते गर्ने भनिए पनि मेलम्चीमा भने ४ दिन सर्ने भएको हो । नगर संयोजक तथा मेयर डम्बरबहादुर अर्यालका अनुसार आन्तरिक तयारी तथा देशभर निम्तिएको विपत्तिका कारण नगर अधिवेशन सार्न लागिएको हो ।उक्त अधिवेशनले नगरमा नेतृत्व चयन गर्नेछ । अधिवेशनलाई व्यवस्थित पार्न सात उप–समिति गठन

काँग्रेस गाउँ/नगर अधिवेशन आज पनि जारी

काठमाडौं : नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशन आज पनि जारी रहेको छ। शनिवारबाट शुरु भएको अधिवेशनमा केही स्थानमा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने केही स्थानमा निर्वाचनमार्फत नतिजा आइसकेको छ। शनिवार ५४ जिल्लामा कांग्रेसको गाउँ/नगर अधिवेशन प्रारम्भ भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। यी मध्ये केही जिल्लामा आज निर्वाचन तोकिएको छ।…

कांग्रेसको गाउँ/नगर अधिवेशन अनिश्चित

प्राविधिक कारणले अर्को सूचना जारी नभएसम्मको लागि अधिवेशन स्थगित गरिएकोमात्र उल्लेख गरिएको छ। तर वडा चुनाव नै बाँकी रहेकाले गाउँ/नगर अधिवेशन अनिश्चित बनेको हो।...

वाग्मती प्रदेशका पाँच जिल्लामा आज कांग्रेसको गाउँ/नगर अधिवेशन नहुने

काठमाडौं : कार्यतालिकाअनुसार नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा आज गाउँ/नगर अधिवेशन गर्दैछ। देशभरका ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेर अधिकांश जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ। तर वाग्तमी प्रदेशको पाँच जिल्लामा भने आज गाउँ/नगर अधिवेशन नहुने भएको छ। काठमाडौं, ललितपुर, रामेछाप, सिन्धुपाल्चोक र रसुवामा आज गाउँ/नगर अधिवेशन नहुने भएको…

आजबाट कांग्रेसको गाउँ/नगर अधिवेशन

काठमाडौं : कार्यतालिकाअनुसार नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा आज गाउँ/नगर अधिवेशन गर्दैछ। देशभरका ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेर अधिकांश जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ। यी जिल्लाका धेरैजसो स्थानमा आज गाउँ/नगरको अधिवेशन हुन लागेको हो। यता काठमाडौं, ललितपुर, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा आज गाउँ/नगर अधिवेशन नहुने भएको छ।…

काठमाडौँमा आज नगर अधिवेशन नहुने

नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन आज नहुने भएको छ । निर्वाचन समितिले अधिवेशन सारेर यही असोज १६ गतेका लागि तय गरेको छ । काठमाडौँका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले यही असोज ५ गते गरिएको वडा अधिवेशनबाट निर्वाचित क्रियाशील सदस्यताको पूरा नामावली निर्वाचन समितिले तयार पार्न केही ढिलाई भएको र केही वडामा पुनः निर्वाचन गर्नुपर्ने भएकाले असोज १६ गते नगर अधिवेशन गर्न लागेको जानकारी दिए ।  ११ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा काठमाडौँ महानगरपा...

कांग्रेसले आज गाउँ/नगर अधिवेशन गर्दै

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज शनिवार गाउँ/नगर अधिवेशन हुँदैछ । क्रियाशील सदस्यता विवरण सार्वजनिक भएर वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा शनिवार पालिका अधिवेशन हुन लागेका हुन् । काठमाडौं जिल्लामा भने वडा अधिवेशनको नतिजा निर्वाचन समितिमा नपुगेकाले पालिका अधिवेशन सारिएको छ । काठमाडौंमा असोज १६ गते पालिका अधिवेशन तोकिएको छ । सदस्यता विवरण सार्वजनिक नभएका १३ जिल्लामा वडा अधिवेशन नै अनिश्चित भएको छ । सदस्यता विवादका कारण कांग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गर्दै आएको छ ।

काठमाडौं कांग्रेसको नगर अधिवेशन सर्‍यो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लाको नगर अधिवेशन सरेको छ।