बेलायतको बकिङ्घम राजदरबारका ड्यूक अफ एडिनबरा प्रिन्स फिलिपको अन्तिम संस्कार गरिएको छ।शनिबार विन्डसर क्यासको सेन्ट जर्ज चापलमा उनलाई गाडिएको हो। फिलिपलाई उनका परिवारजनले अन्तिम विदाइ गरेका थिए। विन्डसरका डीन र केन्टरबरीका आर्कविशपको अगुवाइमा उनको अन्तिम संस्कार प्रकृया पूरा गरिएको हो। अन्तिम संस्कार कार्यक्रममा महामारी एलिजाबेथले विन्डसर कासल मैदानमा आफ्नो परिवार र देशको नेतृत्व गरेकी थिइन्। सो समय पूरै बेलायत शोकाकुल बनेको बीबीसीमा उल्लेख छ। महारानीको पछाडि प्रिन्स अफ वेल्स चाल्र्स र ड