भारोत्तोलन खेलाडी सन्जु चौधरीको अन्तिम संस्कार गरिएको छ । उनको गृहजिल्ला नेपालगन्जमा बुधबार धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको हो । त्यसअघि पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे । बुधबार विहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री गहतराजले राष्ट्रिय झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गरेका हुन् । मंगलबार काठमाण्डौंमा मृत अवस्थामा भेटिएकी चौधरीको शव उनको गृहनगर लगिएको थियो । बाँकेको राप्तीसोनारी ३ ब