चाँगुनारायण नगरपालिकाले नागरिकको सेवा प्रवाहको लागि डिजिटल सेवा प्रवाहको प्रणालीको शुभारम्भ गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच नगरप्रमुख सोमप्रसाद मिश्रले उक्त कार्यको शुभारम्भ गरेका हुन् । नगरपालिकाले विगतमा संकलन गरेको विभिन्न किसिमको सर्वेक्षण एवं श्रोतबाट नागरिक तथ्यांक संकलन गरी डिजिटल प्रोफाइल निर्माण गरिसकेको थियो । संकलित तथ्यांकको आधारमा सेवा पाउन नागरिकले चाँगुनारायण एप आफ्नो मोबाइलमा डाउनलोड गर्नु पर्दछ । त्यसपछि आफ्नो व्यक्तिगत खाता खोलेर नगरपालिका र वडा कार्यालयबाट प्राप्