काठमाडौं : भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रका होम आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई अनलाइनमार्फत चिकित्सकीय परामर्श दिने भएको छ। बिहीबार बेलुका ६ बजेदेखि डा.अर्जुन सुवालले परामर्श दिने नगरपालिकाले जनाएको छ।नगरपालिकाले जुम मिटिङमा जोडिएर चिकित्सकीय परामर्श सेवा लिन सबै संक्रमितहरुलाई अनुरोध गरेको छ। नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जुम मिटिङको लिंक बेलुका ६ बज्न १० मिनेट बाँकी हुँदा म्यासेज गरिने जानकारी दिए।संक्रमितहरुले घरै बस्दा आफूलाई भइरहेका समस्याको समाधानबार