उत्तर कोरियाले गर्‍यो प्रतिबन्धित क्षेप्यास्त्रको परीक्षण

उत्तर कोरियाले प्रतिबन्धित अन्तरमहादेशीय क्षेप्यास्त्रको परीक्षण गरेको दक्षिण कोरियाले जानकारी दिएको छ। सन् २०१७ यता पहिलो पटक उसले यस्तो क्षेप्यास्त्रको परीक्षण गरेको हो। एक घण्टाभन्दा बढी समय उडेको क्षेप्यास्त्र जापानदेखि दक्षिणतर्फ पानीमा खसेको थियो। जापानी अधिकारीहरूका अनुसार उक्त क्षेप्यास्त्रले अनुमानित १ हजार १ सय किलोमिटर टाढासम्म मार हान्न सक्छ।

सम्बन्धित सामग्री

उत्तर कोरिया आणविक युद्ध निरोधक परिचालन गर्न तयार

उत्तर कोरियाले आफ्नो आणविक युद्ध निरोधक परिचालन गर्न तयार रहेको नेता किम जोङ उनले बताएका छन् । उत्तर कोरियाले सातौं आणविक परीक्षणको तयारी गरिरहेको आशंका बढिरहेका बेला यस्तो टिप्पणी आएको हो ।प्योङयाङले कुनै पनि बेला यस्तो परीक्षण गर्न सक्ने अमेरिकाले गत साता सचेत गरेको थियो । उत्तर कोरियाले सन् २०१७ मा पछिल्लो पटक आणविक परीक्षण गरेको थियो । उत्तरका आणविक गतिविधिलाई लिएर कोरियाली प्रायद्धीपमा तनाव बढिरहेको छ । उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किमले उत्तर कोरियाले यस वर्ष अभूतपू

उत्तर कोरियाले गर्यो फेरि मिसाइल परीक्षण

उत्तर कोरियाले सफलतापूर्वक नयाँ मिसाइल परीक्षण गरेको जनाएको छ। यो सँगै उत्तर कोरियाको सैन्य क्षमतामा उल्लेखनीय वृद्धि भएको अनुमान गरिएको छ। विशेषज्ञका अनुसार यो नयाँ मिसाइल सानो परमाणु हतियारलाई बोक्क सक्षम छ र उत्तर कोरिया अब परमाणु हतियार परीक्षणको तयारी गरिरहेको छ। दक्षिण कोरियाको सेनाले समुन्द्रमा शनिबार राती उत्तर कोरियाले २ ओटा मिसाइलको सफल परीक्षण […]

शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको परीक्षण सफल गर्‍यौँ – उत्तर कोरिया

उत्तर कोरियाले अहिलेसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को सफल परीक्षण गरेको बताएको छ। द ह्वासङ–१७ नाम गरेको आईसीबीएम बिहीबार सफल रुपमा परीक्षण गरिएको उत्तर कोरियाले शुक्रबार जानकारी दिएको हो। सन् २०२० को अक्टोबरमा परेडको क्रममा उत्तर कोरियाले द ह्वासङ–१७ सार्वजनिक गरेको थियो। उत्तर कोरियाले सन् २०१७ यता पहिलोपटक अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परीक्षण गरेको […]

उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको सरकारी मिडियाको दाबी

उत्तर कोरियाले सफलतापूर्वक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको त्यहाँको सरकारी मिडियाले जानकारी दिएको छ । केसीएनका अनुसार उक्त क्षेप्यास्त्रले ७ सय किलोमिटर टाढा रहेको ‘लक्ष्य’ लाई ‘सटिक’ रुपमा प्रहार गरेको थियो ।हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण भएको रिपोर्ट प्राप्त भएको यो मात्र दोस्रो अवसर हो । अब उत्तर कोरिया अमेरिका र चीनपछि हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्ने दौडमा रहेका सीमित राष्ट्रको सूचीमा समावेश भएको छ । यो क्षेप्यास्त्र बालिस्टिक क्षेप्यास्त्र भन्दा लामो सम

समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइल : उत्तर कोरिया

काठमाडौं : उत्तर कोरियाले हिजो समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइलको परीक्षण रहेको जनाएको छ। गत अक्टोबरयता पहिलो पटक हिजो सामुद्रिक क्षेत्रमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। यसबारे प्रष्टीकरण दिँदै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरिएको र लक्ष्यमा सफलता प्राप्त भएको बताएको छ। हिजो दक्षिण कोरिया र जापानले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको अनुमान गरेका थिए। अलजजिराका अनुसार ब्यालेस्टिक मिसाइल अन्तरीक्ष हुँदै आफ्नो लक्ष्यमा

क्षेप्यास्त्र नयाँ र स्वदेशमै निर्मित : उत्तर कोरिया

उत्तर कोरियाले आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको स्वीकार गरेको छ । उत्तर कोरियाले उक्त क्षेप्यास्त्र हालसालै स्वदेशमै निर्माण भएको र नयाँ क्षेप्यास्त्र रहेको पनि स्पष्ट गरेको छ । दक्षिण कोरियाली सैन्य अधिकारीहरुले मंगलबार उत्तर कोरियाले क्षेप्यास्त्र हानेको बताएको थियो । उत्तर कोरियाले सो क्षेप्यास्त्र परीक्षण गरिएको बुधबार स्पष्ट गरेको हो ।साथै सो क्षेप्यास्त्र स्वदेशमै निर्मित र नयाँ रहेको उत्तर कोरियाली सरकारले बताएको यहाँको सरकारी समाचार समिति केसीएनएले जानकारी दिएको छ । दक्षिण कोरिय

सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दै, मुख्य एजेन्डा उत्तर कोरिया

एजेन्सी, ३ कात्तिक। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आकस्मिक बैठक बस्ने निर्णय गरेको छ । उत्तर कोरियाले हालै क्षेप्यास्त्र परीक्षण गरेको विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आज बुधबारका लागि आकस्मिक बैठक बोलाएको हो। उत्तर कोरियाले हिजो (मंगलबार) पनडुब्बी आधारित ब्यालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको घोषणा गरेपछि सुरक्षा परिषद्को आकस्मिक बैठक बस्न लागेको जनाइएको हो […]