काठमाडौं, ११ भदौ । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले जनतामा पैदा भएको निराशालाई आशामा परिणत गर्न आफूहरुले मात्रै सक्ने दाबी गरेका छन् । उनले आफूहरुको संकल्पले नै देशलाई बनाउन सकिने विश्वास दिलाए । उनले लुट्नेहरुबाट देशको विकास सम्भव नभएको ठोकुवा गरे । उनले आजपा देशको वैकल्पिक शक्तिको रुपमा उदाएको दाबी गरे । […]