श्रीलङ्कामा सङ्कटकाल घाेषणा गरिएकाे छ । राजनीतिक अस्थिरताका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सङ्कटकाल घाेषणा गर्नुभएकाे त्यहाँकाे प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएका बीबीसीले जनाएकाे छ ।
प्रवक्ताका अनुसार देशकाे पश्चिमी प्रान्तमा कर्फ्यु लगाइएकाे छ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षे भागेर माल्दिभ्स पुगेपछि राजधानी कोलोम्बोमा प्रदर्शनकारीले खुसीयाली मनाइरहेका छन् । राष्ट्रपति राजपाक्षे र उहाँकी श्रीमती श्रीलङ्का वायु सेनाबाट माल्दिभ्सको राजधानी माले पुग्नुभएको हो । सडक प्रदर्शनकारीले भरिएपछि उनीहर...