सर्वोच्च अदालतका ४ न्यायाधीश नियमित सुनुवाइमा फर्किएका छन् ।
न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी र मनोजकुमार शर्मा मंगलवारबाट नियमित सुनुवाइमा फर्किएका हुन् ।
कात्तिक ८ यता बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा नहेरेका न्यायाधीशहरूले मंगलवार आफ्नो इजलासमा परेका सबैखाले मुद्दाको नियमित सुनुवाइ गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्त गर्नुपर्ने मागसहित सुनुवाइ बहिस्कार गर्दै आएका न्यायाधीशहरूको समूहबाट विद्रोह गरेर ४ न्यायाधीश प्रधानन्यायाधीशको कित्तामा उभिएका हुन् ।
&...