कास्की – नेकपा एमालेकाे गण्डकी प्रदेशकाे अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन् । प्रदेश अध्यक्षका लागि अहिलेका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले उम्मेदवारी दिएका निर्वाचन समितिले जनाएकाे छ ।
शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ । यस्तै उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मीनप्रसाद गुरुङको उम्मेदवारी परेको छ । विक खगराज र गुरुङ पृथ्वीसुब्बा प्यानलका उम्मेदवार हुन् । सचिवमा लमजुङका धनञ्जय दवाडी, कास्कीका रश्मि आचार्यले उम्मेदव...