राष्ट्रपति भण्डारीद्वारा ‘विनियोजन विधेयक २०७८’ प्रमाणीकरण

काठमाडौं, असोज ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी विधेयक ‘विनियोजन विधेयक, २०७८ ‘प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै विनियोजन विधेयक प्रमाणीकरण गरेको जानकारी दिएको छ । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘विनियोजन विधेयक, २०७८“ नेपालको संविधानको धारा ११३ को […]

सम्बन्धित सामग्री

राष्ट्रियसभामा दुई विधेयक टेबुल

आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरी पठाइएको प्राप्त पत्र पढेर सुनाएका हुन्।...

राष्ट्रपतिबाट  विनियोजन विधेयक, २०७८ प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

असोज ७,  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक प्रमाणीकरण भएको हो । नेपालको संविधानको धारा, ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो ।             सभामुख अग्निप्रसाद सापकोटाले बुधवार नै सो विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए । विनियोजन विधेयक पारित नहुँदा मुलुक ‘बजेट होलिडे’मा परेको थियो । प्रतिनिधिसभाले यही असोज ४ गते विनियोजन विधेयक पारित गरेको थियो ।             राष्ट्रिय सभाले बिहीवार सो विधेयक पारित गरेको थियो । राष्ट्रिय सभाले विधेयक पारित गरेर सन्देशसहित प्रतिनिधि सभामा पठाएको थियो ।      विधेयक पारित हुन नसक्दा गत भदौ ३० गते मध्यरातदेखि सरकारले खर्च गर्न पाएको थिएन । राजस्व उठाउन पाए पनि खर्च हुन नसक्दा त्यसको प्रभाव राज्यका हरेक क्षेत्रमा परेको थियो । अर्थमन्त्री जनार्दन शर्माले विधेयक पारित नभएपछि केही दिन सरकारले खर्च गर्न नपाउने अवस्था आएको बताउनुभएको थियो । विधेयकमा लालमोहर लागेकाले सरकारलाई खर्च गर्ने बाटोसमेत खुलेको छ ।रासस

राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक, २०७८ प्रमाणीकरण गरेकी छन्। बजेट प्रमाणिकरणसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ। संघीय संसदका दुवै सदनबाट पारित भएको विनियोजन विधेयक प्रमाणिकरणका लागि बिहीबार राष्ट्रपति समक्ष...

राष्ट्रपतिले गरिन बजेट प्रमाणिकरण

राष्ट्रपति विद्यादेवि भण्डारीले विनियोजन विधेयक २०७८ लाई प्रमाणिकरण गरेकी छिन्।

राष्ट्रपति भण्डारीद्वारा विनियोजन विधेयक-२०७८ प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित विनियोजन विधेयक, २०७८ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी छन्।

विनियोजन विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइयो

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले विनियोजित विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाएका छन्। प्रतिनिधि सभाको असोज ४ गतेको बैठकबाट पारित भइ राष्ट्रिय सभामा पठाइएको विनियोजन विधेयक, २०७८ राष्ट्रियसभाबाट आजको बैठकले पारित गरेपछि प्रमाणीकरणको लागि पठाएको सभामुखको प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए।  राष्ट्रियसभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधि सभामा प्राप्त भएपछि सभामुख ले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको हो।

राष्ट्रिय सभाबाट पारित भयाे विनियोजन विधेयक

काठमाण्डाै – राष्ट्रिय सभाको आज बिहीवारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित पठाइएको राष्ट्रिय सभाबाट विनियोजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गरेकाे छ । बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्रिपरिषद् गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । बैठकमा सांसद कोमल वलीले ...

राष्ट्रियसभामा विनियोजन विधेयक टेबुल

काठमाडौँ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभासमक्ष टेबुल गरेका हुन् । प्रतिनिधिसभाको सोमबारको बैठकले सो विधेयकलाई पारित गरी राष्ट्रियसभामा पठाएको हो । विधेयक दुवै सदनबाट पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ । राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण भइसकेपछि मात्र सो […]