कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न जारी गरेको आदेश पालना गर्न अपिल

वैशाख ८, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न जारी गरेको आदेश पालना गर्न अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दैनिक सङ्क्रमण बढिरहेकाले आदेश पालना गर्न आग्रह गरेका हुन् । उनले आदेश उल्लङ्घन गर्नेलाई कारवाही गर्नेसमेत बताएका छन् ।            यही वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको थियो । ‘आदेशको उल्लङ्घन हुने गरी कुनै पनि शैक्षिक संस्था, सार्वजनिक निकाय, निजी निकायले सञ्चालन गर्ने गराउने धार्मिक, सांस्कृतिक कार्य गर्न गराउनेउपर अनुगमन बढाउन र नियमानुसार कारवाही गर्न गराउन सबैमा अपिल छ’, उनले जारी गरेको अपिलमा भनिएको छ ।          आदेशको उल्लङ्घन हुने गरी भएका गतिविधिका कारण सङ्क्रमण हुन गएमा सङ्क्रमितको परीक्षण, उपचार सम्बन्धित संस्था वा व्यक्तिले स्वयं आफैंले आफ्नो खर्च गर्नुपर्ने अपिलमा उल्लेख गरिएको छ । सहप्रवक्ता डा अधिकारीले सरकारले जारी गरेको आदेशको उल्लङ्घन गरी सार्वजनिक निकाय तथा निजी संस्थास्थलमा सङ्क्रमण फैलिने खालका गतिविधि भइरहँदा अवस्था अझ खराब हुँदै जाने बताए । बुधवार २ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । रासस

सम्बन्धित सामग्री

सांघाईको कोभिड–१९ सङ्क्रमण विरुद्धको अभियानमा छिमेकी प्रान्तले सहयोग गर्ने

सांघाई । चीनको जियाङ्गसु र झेजियाङ प्रान्तले कोभिड–१९ विरुद्धको अभियानमा सांघाईलाई सहयोग गर्ने बताएका छन् । सांघाईलाई सहयोग गर्न उनीहरूले क्वारेन्टाइनका लागि करिब ६० हजार कोठाहरू उपलब्ध गराउने बताएका हुन् । सांघाई कोभिड–१९ रोकथाम तथा नियन्त्रण मुख्यालयका अनुसार अप्रिल ६ सम्म जियाङ्गसुले १६ हजार कोठा र झेजियाङले २१ हजार कोठा तयार पारेको छ । यी […]

सरकारद्वारा ओमिक्रोन सङ्क्रमण रोकथाम आदेश जारी

काठमाडौँ । सरकारले कोभिड-१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि माघ मसान्तसम्म लागू हुने गरी आदेश जारी गरेको छ । सिंहदरवारमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन नदिन  ‘कोभिड-१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश ०७८’ आदेश जारी गरेको हो । एक महिनाका लागि जारी आदेशमा यसअघि कोभिड-१९ […]

चीन कोभिड-१९ विरुद्ध सतर्क रहने

विश्वमा कोभिड १९ सङ्क्रमणका घटनाहरू लगातार पाँच हप्तादेखि बढ्न थालेपछि त्यसको प्रत्यक्ष असर चीनमा पर्न सक्ने भएकाले यस विरुद्ध सचेत रहने बताएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमा  दिएको जानकारी अनुसार चीनले विद्यमान रोकथाम र नियन्त्रण उपायहरूलाई सुदृढ गर्दै प्रभावकारी कार्यान्वयन गर्न जारी राख्नुपर्छ र बन्दरगाह क्षेत्रहरूको महामारी निरीक्षण र नियन्त्रण क्षमतालाई बलियो बनाउनुपर्छ। उनले समाजमा पर्ने असरलाई न्यूनीकरण गर्न चीनले प्रारम्भिक सङ्क्रमण तुरुन्त पत्ता लगाउने उपायहरू, रिपोर्टिङ, क्वारेन्टिन प्रो...

बाहिर निषेधाज्ञा, घरभित्र जुवाको खाल

विश्वव्यापी महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी निषेधाज्ञालाई अवज्ञा गरी न्यूरोडमा काठमाडौंका विभिन्न स्थानबाट आएर जुवा खेल्नेहरुलाई ठूलो मात्रामा नगदसहित प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२२ न्युरोडस्थित पूर्णलाल महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा १५ जुवाडे रु १३ लाखभन्दा बढी रकमसहित पक्राउ परेका छन् । उनीहरूको साथबाट रु १३ …

तास, कौडा र १३ लाख रुपैयाँसहित १५ जुवाडे पक्राउ

विश्वव्यापी महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी निषेधाज्ञालाई अवज्ञा गरी अवैधरूपमा पूर्णलाल महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ।...

उपत्यकामा सङ्क्रमित घट्दा निषेधाज्ञा प्रभावकारी भएको निष्कर्ष

कोभिड–१९ सङ्क्रमणको दोस्रो भेरियण्ट फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको महिना दिन पुगेको छ । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै

बागमती मुख्यमन्त्री पौडेलद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रदेशसभाको अधिवेशन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रण र ३० आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न उनले बैठक आह्वान गरेका हुन् ।

देशका ७३ जिल्लामा निषेधाज्ञा

कोरोना (कोभिड-१९) संक्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको हो।

कोरोना नियन्त्रणका लागि सहकार्य गरेर अघि बढाैंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस–१९ को समस्याबारे समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सर्वदलीय बैठकमा उहाँले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलका प्रतिनिधिसँग कोभिड–१९ को समस्या समाधान गर्न सुझाव मागेको राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले बताए।