बैतडी : बैतडीको देहिमाडौंमा सम्पन्न एबिसी टी-१० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डिजे वारियर्सले हात पारेको छ।सोमबार सम्पन्न उपाधि भिडन्तमा निङ्लाशैनी रेन्जर्सलाई १८ रनले पाखा लगाउदै वारियर्सले उपाधि हात पारेको हो। उपाधिसँगै वारियर्सले २५ हजार र रेन्जर्सले १० हजार रूपैयाँ नगद पुरस्कारमा चित्त बुझायो।वारियर्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको रेन्जर्सले निर्धारित १० ओभरमा ११८ रन मात्रै बनाउन सक्यो। उसका लागि दिपक बोहराले सर्वाधिक ४२ रन जोडे पनि टोलीलाई जिताउन सकेनन्