१ नम्ब्र प्रदेशस्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिताको उपाधि झापा दमकको दमक–लखनपुर भेट्रान्स क्लबले जितेको छ । विराटनगर जुट मिलको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा दमकले टाइब्रेकरमा विराटनगर हाटखोलाको मर्निङ भेट्रान्स क्लबलाई ४–३ गोलमा पराजित गर्दै उपाधि जितेको हो । एक गोलकाविरुद्ध दुई गोलले अगाडि रहेको दमकले अन्तिम ३० सेकेण्ड आफूलाई समाल्न नसक्दा जितका लागि टाइब्रेकरको सामना गर्नु परेको थियो । दमकका देउमान लिम्बू, विशाल राई, पुष्कर धिमाल र सुवाश