काठमाडौँ : सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा कांग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको बताएको छ। नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री दाहालको सो भनाइ आफ्नो पार्टीलाई दोषारोपण गर्ने गरी आएको भन्दै आपत्ति जनाए। उनले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन आफूले तयार पारेको मार्ग चित्रले मुलुकको अर्थतन्त्रलाई झनै गति दिने