महिला साफका लागि ५८ खेलाडी बन्द प्रशिक्षणमा बोलाइए

राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक कुमार थापाले सेप्टेम्बर ६ देखि १९ सम्म काठमाडौँमा हुने साफ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई बोलाएका छन् ।बन्द प्रशिक्षण सोमबारदेखि सुरु हुनेछ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बंग

सम्बन्धित सामग्री

तीन खेलाडी पहिलो पटक नेपाली महिला टोलीको बन्द प्रशिक्षणमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनीसहित तीन युवा खेलाडी पहिलो पटक नेपाली महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका छन् । नेपालले अर्को महिना मलेसियामा हुने एसिसी वुमन्स प्रिमियर कप टि२० प्रतियोगिताको लागि २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ । जसमा बागमती प्रदेशकी एसोदा विष्ट, मधेशकी आरती महतो र गण्डकीकी ज्योत्स्निका मरासिनी पहिलो पटक […] The post तीन खेलाडी पहिलो पटक नेपाली महिला टोलीको बन्द प्रशिक्षणमा first appeared on हाम्रो खेलकुद.

पुरुष भलिबलको बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) र किर्गिस्तानमा हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि खुल्ला छनोटबाट बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट गरेको छ । संघले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा तीन दिनसम्म गरेको खुल्ला छनोटबाट १८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको छ । […] The post पुरुष भलिबलको बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट first appeared on Hamro Khelkud.

फुटबल टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडी बोलाइए

काठमाडौं (हाम्रो खेलकुद)– पाकिस्तानविरुद्ध कात्तिक अन्तिममा हुने मैत्रीपूर्ण खेलको लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा ३० खेलाडी बोलाइएका छन् । पाकिस्तानसँगको मैत्रीपूर्ण खेल तय भएकै दिन मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक नियुक्तीसँग ३० खेलाडीलाई प्रशिक्षणमा डाकेको छ । एन्फाले सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन टोली मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई मुख्य […]

यु-१७ फुटबलको बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट

२२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजारभन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको थियो । त्यसबाट ४५ खेलाडी बन्द प्रशिक्षणमा छनोट भएको एन्फाले जनाएको छ । सेप्टेम्बरमा […]

प्रशिक्षक अल्मुताइरीसँग विवाद हुँदा रोहितसहितका खेलाडी प्रशिक्षणमा अनुपस्थित

मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरीसँग विवाद हुँदा राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका केहि खेलाडी अनुपस्थित भएका छन् । अल्मुताइरीसँगको खटपटपछि रोहित चन्दसहित केही खेलाडी बन्द प्रशिक्षणमै अनुपस्थित छन् । दशरथ रंगशालामा राष्ट्रिय टोलीको प्रशिक्षण भइरहेको छ ।होस्टलमा खेलाडी राखेको विषयमा विवाद भएको प्रशिक्षणमा अनुपस्थित एक खेलाडीले रातोपाटीलाई भने । मुख्य प्रशिक्षक अल्मुताइरीले प्रशिक्षणमा आर्मीबाट थप तीन खेलाडी बोलाएको पनि खुलेको छ ।

९ खेलाडी प्रशिक्षणमा उपस्थित भएनन्

आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी ट्वान्टी– २० विश्वकप ग्लोबल छनोटको लागि नेपाल क्रिकेटसंघ (क्यान) ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । यस अघि क्यानले चार खेलाडीलाई कारबाही गरेपछि गिजलिएको क्यान र खेलाडीको विवाद अहिले प्रशिक्षणमा देखिएको छ । क्यानले  डाकेका ३० खेलाडी मध्ये पहिलो दिन केही १६ खेलाडी उपस्थित हुँदा कारबाहीमा परेका चारसहित ९ खेलाडी प्रशिक्षणमा उपस्थित भएनन् ।नेपाली क्रिकेटले जस्तो उचाइ पाएको थियो त्यो उचाइमा अहिले विभिन्न टिका टिप्पणी हुन थालेका छन् । केही सा

प्रशिक्षक पुवुदुले भने-‘एक-दुई दिनभित्रै सबै खेलाडी बन्द प्रशिक्षणमा आउँछन्’

काठमाडौँ, १९ पुस। नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दशानायकेले एक-दुई दिनभित्रै सबै खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुने बताएका छन्। आज (सोमबार)देखि सुरू भएको राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सबै खेलाडी उपस्थित नभएपछि उनले एक-दुई दिनमा सबै खेलाडी सहभागी हुने बताएका हुन् । सोमबार सुरु बन्द प्रशिक्षणमा कारवाहीमा परेका चारसहित नौ खेलाडी अनुपस्थित भएका थिए। […]

क्यान–खेलाडी विवादः १३ खेलाडी बन्द प्रशिक्षणमा आएनन्

काठमाडौं, १८ पुस । नेपाल क्रिकेट संघ (क्यान)ले बोलाएको बन्द प्रशिक्षणमा १३ जना खेलाडी सम्पर्कमा नआएको क्यानले जनाएको छ । राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणको लागि क्यानले खेलाडीहरुलाई शनिबार साँझसम्म होटलमा रिपोर्टिङका लागि निर्देशन दिएको थियो । तर, १७ जना खेलाडीमात्र सम्पर्कमा आएको क्यानले जनाएको हो । क्यानले बोलाइएका ३० खेलाडीमध्य १३ जना खेलाडी क्यानको […]

महिला भलिबल प्रशिक्षणमा पुलिसले ३ खेलाडी नपठाउने

काठमाडौं । नेपाल पुलिसले राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षणमा आफ्नो तीन खेलाडी नपठाउने भएको छ । पुलिसल आफ्ना ३ खेलाडी जवान आधारभूत तालिममा रहेकोले प्रशिक्षणमा पठाउन नसक्ने जनाएको छ । पुलिसले कामना विष्ट, शान्तिकला तामाङ र पुनम चन्दलाई प्रशिक्षणमा पठाउन नसक्ने भन्दै संघलाई पत्र पठाएको छ। आगामी भदौ १३ देखि २० गते सम्म फिलपिनसमा […]

फुटबल टिमको बन्द प्रशिक्षणमा सबै खेलाडी उपस्थित

काठमाडौं। राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि सबै खेलाडी उपस्थित भएको अखिल नेपाल फुटबल संघले जनाएको छ। यसअघि बन्द्र प्रशिक्षण सुरु भए पनि नेपाल सुपर लिग चलिरहेका कारण सबै खेलाडी उपस्थित थिएनन्। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतैरीले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए। नेपालले इराकसँग जेठ १५ गते मैतीपूर्ण खेल खेल्नेछ। विश्वकप छनोटमा चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियाविरुद्ध खेल्नेछ।