प्रचण्ड पत्नीलाई कोरोना संक्रमण, अस्पताल भर्ना

काठमाडौँ– नेकपा माओवादी केन्द्र अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहाललाई कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपाल मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको छ। दाहाललाई शनिबार राति अस्पताल लगिएको हो। लामो समयदेखि अस्वस्थ ६६ वर्षे दाहालमा निमोनियाकाे लक्षण देखिएको र अहिले कोरोना भाइरस संक्रमणपछि अस्पताल भर्ना गरिएकाे हाे। प्रचण्ड […]

सम्बन्धित सामग्री

बाहुबलीका ‘कटप्पा’ लाई कोरोना संक्रमण, अस्पताल भर्ना

बाहुबलिका ‘कटप्पा’, सत्यराज कोरोना संक्रमण पछि स्वास्थमा अस्वस्थता देखिएपछि अस्पताल भर्ना भएका छन्। कोरोना संक्रमणपछि घरमा नै क्वारेनटाइन बसेका सत्यराजको स्वास्थ्यमा समस्या देखिएपछि चेन्नाईको निजि अस्पतालमा भर्ना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। ६७ वर्षका अभिनेताको स्वास्थ्य कामनाको लागि सामाजिक सञ्जालमा फ्यानहरुले अपिल गरिरहेका छन्। चर्चित चलचित्र बाहुबलिमा कटप्पाको भूमिका निभाएका सत्यराजको यो वर्ष धेरैओटा […]

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, अस्पताल भर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण भएको छ। आइतबार प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएको थियो।

प्रधानन्यायाधीशलाई देखियो कोरोना संक्रमण, सशस्त्र प्रहरी अस्पताल भर्ना

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमणसहित निमोनिया पनि देखिएको छ। कोरोना संक्रमण देखिएपछि प्रधानन्यायाधीशलाई आज साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको दाहालले जानकारी दिए।

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै जबरा बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ)अस्पताल भर्ना भएका छन् ।  जबरा सोमबार साँझ अस्पताल भर्ना भएका हुन् । सोमबार दिउँसो स्वाब परीक्षण गरिएकोमा जबरामा संक्रमण पुष्टि भएको हो । उनको स्वास्थ्यवस्था भने सामान्य रहेको बताइएको छ । The post प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मन्त्री झाक्री बिरामी, वीर अस्पताल भर्ना

काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना भएकी हुन्। झाक्रीको कोरोना संक्रमण नेगेटिभ आएको अस्पतालले  जनाएको छ।उनलाई निमोनिया भएकोले अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। उनका श्रीमानलाई भने कोरोना संक्रमण देखिएको छ।

गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, अक्सिजन लेभल कम देखिएपछि अस्पताल भर्ना

काठमाडौं : गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को आधिकारिक फेसबुक पेजमार्फत उनलाई कोरोना संक्रमण भएको उल्लेख गरिएको छ। श्रेष्ठलाई २ साता अघि कोरोना संक्रमण पुष्टि भएको हो। उनको शरिरमा अक्सिजन लेभल कम देखिएपछि अस्पताल भर्ना भएका हुन्। ‘द भ्वाइस अफ नेपाल’…

प्रदेशसभा सांसद चौलागाईंलाई कोरोना संक्रमण, अस्पताल भर्ना

काठमाडौं : कोरोना संक्रमित बागमती प्रदेश सभा सांसद् पशुपति चौलागाईं अस्पताल भर्ना भएका छन्।कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा बसेका एमाले नेता तथा प्रदेश सभा सांसद चौलागाईंलाई मनमोहन अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाको छ। स्वास्थ्यमा समस्या देखिएपछि सोमबार पीसिआर टेस्ट गरेका सांसद चौलागाईंलाई मंगलबार कोरोना पुष्टि भएको थियो। अहिले उनको अवस्था सामान्य रहेको छ। नेता चौलागाईं  दाेलखा 'ख' बाट प्रदेशसभा सांसद बनेका थिए।

झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

१८ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो । उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ ।  खनालको बाँकी अवस्था सामान्य छ । अर्का नेता […]

उर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, वीरेन्द्र अस्पताल भर्ना

काठमाडौं। उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ। गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भएर फर्केपछि मन्त्री रायमाझीले पीसीआर परीक्षण गराएका थिए। हिजो सोमबार कोरोना संक्रमण देखिएको मन्त्रीको सचिवालयले पुष्टि गरेको छ। संक्रमणपछि मन्त्री रायमाझी छाउनीस्थित वीरेन्द्र अस्पताल भर्ना भएका छन्।

क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण, अस्पताल भर्ना

क्रिकेटर तेन्दुलकरले आफु संक्रमित भएपछि अस्पताल भर्ना भएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन्।