कांग्रेस नेतृत्वको गठबन्धनबाट सुनिलबहादुर थापा उम्मेदवार छन् । एमाले नेतृत्वको गठबन्धनबाट राजेन्द्र राई मैदानमा छन् । अघिल्लो निर्वाचनमा राई थापालाई पराजित गर्दै निर्वाचित भएका थिए । त्यसबेला कांग्रेस एक्लै मैदानमा थियो । राईलाई माओवादीको साथ थियो । तर, यस पटक परिस्थिति बेग्लै बनेको छ ।