झापा : बिर्तामोड नगरपालिका–५ स्थित सुनगाभा इङ्लिस स्कुलका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्। शिक्षक विकास पोखरेलले कक्षा ३ मा अध्ययनरत ९ वर्षीय अविरल तिम्सिनालाई बुधवार कक्षा कोठामा कुटपिट गरेका हुन्। सरले पढाएको कुरा आफूलाई सोधेको र भन्न नसक्दा कुटेको तिम्सिनाले बताए।उनका अनुसार सरले छडीले खुट्टा, ढाँड र गालामा थुप्रै पटक कुटपिट गरेका छन्। कुटाइबाट उनको खुट्टा नीलडाम बसेका छन्। शिक्षकले कुटपिट गरेपछि अभिभावकसहित स्थानीयवासी बिहीवार विद्यालय पुगेका थिए।अभिभावकसहि