दाङ- राप्ती गाउँपालिका वडा नं. २ निवासी रविलाल न्यौपानले लालमटिया चोकमा वरपिपल रोपे। वरपिपल हुर्किँदै गए। रविलाललाई बुढ्यौलीले च्याप्दै लग्यो। केही वर्षअघि रविलाल दिवंगत भए। तर उनले लगाएका रुखले धेरैलाई छहारी दियो। अब ती वरपिपलले कसैलाई छहारी दिने छैन। किनकि ती वरपिपल अनाहकमा काटिए। वर्षाैँअघि लगाइएका ती वरपिपल राजमार्ग खुला गर्ने नाममा काटिएका हुन्। अहिले […]