बुटवल । चुरे पहाडको काखमा रहेको बुटवलको ज्योतिगर क्षेत्र माथिबाट पहिरो खस्दा सिंगो वस्ती नै जोखिममा परेको छ । आज विहानदेखि पहिरो खस्न थालेपछि दर्जन बढी घरमा क्षति पुगिसकेको छ । पहिरोले तीन वटा घर पुरेको छ भने अन्य घरहरुमा पनि बस्न नहुने गरी क्षति पुर्याएको स्थानीय बासिन्दाले बताएका छन् । गत शुक्रबार बस्ती माथिको […]