पाकिस्तान सुपर लिगका बाँकी खेल युएईमा गर्ने तयारी

काठमाडौं। पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान सुपर लिगको बाँकी खेल अर्को महिना युनाइटेड अरब इमिरेट्समा आयोजना गरी सिजन टुंगाउने तयारी गरेको छ। केही खेलाडी र कर्मचारी कोभिड-१९ संक्रमित भएपछि ट्वान्टी–२० फ्रेन्चाइज लिग गत मार्चमा स्थगित भएको थियो। लिगमा अझै २० खेल बाँकी छन्।बोर्ड अधिकारी र ६ फ्रेन्चाइज मालिकबीच शुक्रबार भएको भर्चुअल बैठकमा युएई क्रिकेट बोर्डलाई प्रस्ताव राख्ने सहमती भएको छ।

सम्बन्धित सामग्री

पिएसएल डिशहोमको एक्सन स्पोर्टसमा हेर्न पाइने

काठमाडौं (हाम्रो खेलकुद)– डिशहोमले पाकिस्तान सुपर लिग (पिएसएल) को प्रत्यक्ष प्रसार गर्ने भएको छ । डिशहोमले शुक्रबार विज्ञप्ती जारी गर्दै फेब्रुअरी १७ देखि मार्च १८ सम्म हुने पिसिएलको एक्सन स्पोर्टस एचडी च्यानलबाट प्रसारण गर्नेछ । नेपाली दर्शकले पिसिएलका सबै खेल प्रत्यक्ष प्रसारण मार्फत हेर्न पाउने डिश होमले जनाएको छ । डिशहोमले आइसिसी विश्व कप लिग […] The post पिएसएल डिशहोमको एक्सन स्पोर्टसमा हेर्न पाइने first appeared on हाम्रो खेलकुद.

आफ्नै सहकर्मीसँग ठोकिएर डु प्लेसिस घाइते

काठमाडाैं : पाकिस्तान सुपर लिग क्रिकेटमा पेशावर जाल्मीविरुद्ध खेल्ने क्रममा क्वेटा ग्लाडियटर्सका फाफ डु प्लेसिस घाइते भएका छन्। फिल्डिङ गर्ने क्रममा दक्षिण अफ्रिकी ब्याट्समेन आफ्नै टिमका मोहमद होसनेनसँग ठोक्किँदा घाइते भएका हुन्।उनको टाउको मोहमदको खुट्टामा ठोक्किएको थियो। खेल दौरान घाइते भएपछि उनलाई अस्पताल लगिएको छ। उनले दोस्रो इनिङ्स नखेल्ने क्वेटाले जनाएको छ। खेलमा जाल्मीले क्वेटालाई जितका लागि १ सय ९८ रनको लक्ष्य दिएको छ।आजै युरोकप अन्तर्गत भएको डेनमार्क र फिनल्याण्डबीचको खेलमा डेनमार्क

पीएसएल टिम लाहोरद्वारा सन्दिप रिलिज

काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल)को टिम लाहोर क्वालन्डर्सले शनिबार नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई रिलिज गरेको छ। लाहोरले सन्दीपलाई रिलिज गर्दै पुनःराशिद खानलाई टिममा बोलाएको हो।कोरोना महामारीका कारण प्रतियोगिता स्थगित हुनु अघि लाहोरले राशिदकै स्थानमा सन्दिपलाई अनुबन्ध गरेको थियो। कोरोनाका कारण प्रतियोगिता स्थगित भएपछि कराँची पुगेका सन्दिप एक खेल नखेली घर फर्किएका थिए।पीएसएलको बाँकी २० खेलहरु युएईको आबुधाबीमा हुँदैछ।

लाहोरद्वारा सन्दीप रिलिज

पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट टिम लाहोर क्वालन्डर्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई रिलिज गरेको छ । लाहोरले शनिबार सन्दीपलाई रिलिज गर्दै पुन: राशिद खानलाई टिममा बोलाएको छ । कोरोना भाईरसको महामारीले प्रतियोगिता स्थगित हुनु अघि सन्दीपलाई लाहोरले राशिदकै स्थानमा अनुबन्ध गरेको थियो । तर, प्रतियोगिता स्थगित हुँदा सन्दीप कराँची पुगेर एक खेल नखेली घर फर्किएका थिए । कोरोनाले स्थगित पीएसएलको बाँकी खेलहरु युएईको आबुधाबीमा हुँदैछ । पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ । पीएसएल खेल्ने...

पाकिस्तान सुपर लिगको बाँकी २० खेल यूएईमा हुने

७ जेठ, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को छैटौं संस्करणका बाँकी खेलहरु यूएईमा हुने भएको छ । यूएई सरकारले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)को प्रस्तावलाई स्वीकृत गरेपछि यस संस्करणको बाँकी २० खेल यूएईको अबुधाबीमा हुने …

पाकिस्तान सुपर लिगका बाँकी खेल आबुधाबीमा

पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु युएईमा आयोजना हुने पक्का भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति दिएको छ । युएईको अनुमतिसँगै प्रतियोगिताको बाँकी खेलहरु आबुधाबीमा हुनेछ । तर, बाँकी खेलको मिति भने तय भएको छैन । यस अघि कोरोनाको कारण रोकिएको प्रतियोगिताको बाँकी खेलहरु जुन २ बाट हुने तालिका रहेको थियो । पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ ।

पाकिस्तान सुपर लिगको बाँकी खेल युएईमा हुने

एजेन्सी। पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० क्रिकेट प्रतियोगिताको बाँकी खेलहरु युएईमा आयोजना गर्नका लागि अनुमति मिलेको छ। क्रिकइन्फोकाअनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति दिएको हो। क्रिकइन्फोकाअनुसार प्रतियोगिता सामेल हुन अनिवार्य खोप लगाउनु पर्ने बताइएको छ। पीएसएलमा अब २० खेलहरु बाँकी रहेका छन्। यसअघि कोरोनाका कारण पिएसएल मार्च ४ मा स्थगित गरिएको थियो।

शकिबले पीएसएल गुमाउन सक्ने

एजेन्सी। बंगलादेशका अलराउन्डर क्रिकेटर शकिब अल हसनले पाकिस्तान सुपर लिग (पीएसएल) ट्वान्टी-२० क्रिकेटको बाँकी खेल गुमाउन सक्ने भएका छन्।ढाका प्रिमियर लिगको कारण हसनले पीएसएल गुमाउन सक्ने भएका हुन्। पीएसएलको बाँकी खेल भने जुन २ बाट कराँचीमा सुरु हुने तालिका छ। बंगलादेश क्रिकेट बोर्डले ढाका प्रिमियर लिग मे ३१ बाट सुरु हुने जनाएसँगै शकिबले पीएसएलका बाँकी खेल गुमाउने सम्भावना बढेको हो।

खेलाडीमा सङ्क्रमण फैलिएपछि पाकिस्तान सुपर लिग स्थगित

पाकिस्तान सुपर लिग टी ट्वान्टी क्रिकेटको बाँकीका खेल स्थगित भएको छ । बिहीबार बिहान तीन जना खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि खेल स्थगित भएको हो । पाकिस्तान क्रिकेट बोर्ड र सुपर लिगमा आबद्ध टोलिहरुबीच बिहीबार बिहान बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । बिहीबार बिहान तीन जना थप खेलाडीमा सङ्क्रमणको पुष्टि भएपछि पीएसएलमा कोरोना सङ्क्रमण भएकाको संख्या सात पुगेको छ । जसमध्ये छ जना खेलाडी छन् ।

खेलाडी सङ्क्रमित भएपछि पीएसएलको खेल स्थगित

खेलाडीमा सङ्क्रमणको पुष्टि भएपछि पाकिस्तान सुपर लिग(पीएसएल)को सोमबारको खेल स्थगित भएको छ । इस्लामाबादको क्वेटा ग्लाडिएटर्स र इस्लामाबाद यूनाइटेडबीचको खेल स्थगित हुन पुगेको हो । कराँचीमा सोमबार अपरान्ह दुई बजेका लागि निर्धारित खेल मङ्गलबार दुई बजे हुने तय गरिएको छ ।