पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु युएईमा आयोजना हुने पक्का भएको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति दिएको छ ।
युएईको अनुमतिसँगै प्रतियोगिताको बाँकी खेलहरु आबुधाबीमा हुनेछ । तर, बाँकी खेलको मिति भने तय भएको छैन ।
यस अघि कोरोनाको कारण रोकिएको प्रतियोगिताको बाँकी खेलहरु जुन २ बाट हुने तालिका रहेको थियो ।
पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ ।