१३ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको नवौँ (हिउँद) अधिवेशनबाट आइतबारदेखि सुरु भएको छ । मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुखको आह्वानमा आठौँ अधिवेशन अन्त्य भएको पाँच महिना २८ दिनमा प्रदेशसभाको नवौँ अधिवेशनको पहिलो बैठक आइतबार बसेको हो । आइतबारको बैठकमा प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउँदै अधिवेशन प्रारम्भ […]