काठमाडौँ। वर्षाको कारण नेपाल र जिम्बावे ‘ए’बीचको दोस्रो टी–२० खेल रोकिएको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेल वर्षा भएपछि रोकिएको हो।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि जिम्बावे ‘ए’ले व्याटिङ गरिरहेको थियो। जिम्बावेले ४ ओभर ३ बलमा दुई विकेटको क्षतिमा ४८ रन जोडेको अवस्थामा खेल रोकिएको हो।