काठमाडौँ। तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सर्वोच्च अदालतले बदर गरेपछि संसद्मा भएका सांसद कुन पार्टीको भन्ने प्रश्न उठेसँगै प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका छन्। सर्वोच्चको फैसलापछि साबिक एमाले र माओवादी केन्द्र एकताबाट बनेको नेकपाको एकीकरण समेत भङ्ग भएपछि ओली अल्पमतमा परेका छन्।