पहिलो त्रैमासमा तेह्रथुम पावरले कमायो १ करोड १८ लाखभन्दा बढी नाफा

मंसिर १७, काठमाडौं । तेह्रथुम पावर कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा रू. १ करोड १८ लाख ७५ हजार नाफा कमाएको हो । गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. ८६ लाख ७० हजार नोक्सानीमा थियो । चालू आवको पहिलो त्रैमासमा विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले कम्पनीको नाफामा सुधार आएको हो ।  गत आवको पहिलो त्रैमासमा विद्युत् विक्री बापत रू. २ करोड ३० लाख ९ हजार आम्दानी गरेको उक्त कम्पनीको चालू आवको सोही अवधिमा वृद्धि भएर रू.४ करोड ७६ लाख ६६ हजार पुगेको छ ।  कम्पनीको चुक्तापूँजी रू. ४० करोड रहेको छ भने जगेडा कोष रू. ८ करोड ४५ लाख ऋणात्मक रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. २८ करोडबाट रू. ४० करोड पुगेको छ ।  चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू.१२(वार्षिकीकरण) रहेको छ । कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले हाल तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाटको अपर खोरुङ स्मल  हाइडोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।   

सम्बन्धित सामग्री

हिमालयन ८०-२० ले कमायो १ करोड ४२ लाखभन्दा बढी नाफा

काठमाडौं । हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित हिमालयन ८०-२० ले मङ्सिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको नाफा कात्तिकको तुलनामा मङ्सिर मसान्तमा वृद्धि भएको छ । कात्तिक मसान्तमा फण्डको नाफा रू. २१ लाख ९ हजार रहेकोमा मङ्सिर मसान्तमा बढेर  रू. १ करोड ४२ लाख पुगेको हो । मङ्सिर मसान्तमा फण्डको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । कात्तिक मसान्तमा फण्डको जम्मा आम्दानी रू.६८ लाख ९३ हजार रहेकोमा मङ्सिर मसान्तमा बढेर रू.२ करोड १५ लाख पुगेको छ ।  त्यस्तै फण्डको न्याभ पनि कात्तिकको तुलनामा मङ्सिरमा वृद्धि भएको छ । कात्तिक मसान्तमा फण्डको न्याभ १० रुपैयाँ २ पैसा रहेकोमा मङ्सिर मसान्तमा बढेर १० रुपैयाँ १४ पैसा पुगेको छ । त्यस्तै यस फण्डले मङ्सिर मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८ करोड ५९ लाख लगानी गरेको छ । यो लगानी कात्तिक मसान्तमा रू. ४ करोड ९६ लाख थियो ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

इष्टर्न हाइड्रोपावरले पहिलो त्रैमाससम्म कमायो डेढ करोडभन्दा बढी नाफा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म इष्टर्न हाइड्रोपावर लिमिटेडले १ करोड ५५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्म कम्पनीले ९९ लाख ८१ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा बढेको हो । यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेसँगै खुद नाफा बढेको हो । गत वर्ष यस अवधिसम्म ४ करोड ५३ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ४ करोड ६६ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो । विक्री खर्च भने यस वर्ष ३६ लाख ९६ हजार रुपैयाँभन्दा बढी भएको छ । गत वर्ष ४१ लाख ८८ हजार रुपैयाँभन्दा बढी विद्युत विक्री खर्च भएको थियो । यस वर्ष विद्युत विक्री खर्च कम भएकाले पनि नाफा बढ्नमा सहयोग मिलेको हो । वित्तीय खर्च पनि यस वर्ष घटेको छ । गत वर्ष १ करोड ५८ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १ करोड ४० लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । दीर्घकालीन कर्जा ६५ करोड ६४ लाख रुपैयाँ रहेको कम्पनीको अल्पकालीन कर्जा २ करोड ४५ लाख रुपैयाँभन्दा बढी छ । हाल कम्पनीको चुक्ता पूँजी ६२ करोड रुपैयाँ छ । जगेडा कोष रकम भने १४ करोड ७२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । पहिलो त्रैमाससम्म प्रतिशेयर आम्दानी २ रुपैयाँ ५१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ २४ पैसा छ । रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

मोलुङ्ग हाइड्रोपावरले पहिलो त्रैमाससम्म कमायो ३ करोडभन्दा बढी नाफा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले ३ करोड ४३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीको खुद नाफा गत वर्षको तुलनामा २८ दशमलव २१ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले २ करोड ६८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको आम्दानी घटेको भए पनि वित्तीय खर्च कम हुँदा नाफा बढेको हो । गत वर्ष ७ करोड ५१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ७ करोड ४१ लाख रुपैयाँभन्दा बढी मात्र आम्दानी गरेको हो । खर्च रकम यस वर्ष १३८ प्रतिशत बढेको छ । गत वर्ष १३ लाख ५२ हजार रुपैयाँ खर्च गरेको कम्पनीले यस वर्ष ३२ लाख १८ हजार रुपैयाँ खर्च गरेको हो । वित्तीय खर्च यस वर्ष ३१ दशमलव ३६ प्रतिशत कम भएको छ । गत वर्ष २ करोड ८० लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १ करोड ९२ लाख रुपैयाँभन्दा बढी मात्र खर्च गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड २५ लाख रुपैयाँ छ । जगेडा कोष रकम भने १६ करोड ६७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा गत वर्षको तुलनामा ३५ प्रतिशत कम ६० करोड २३ लाख रुपैयाँ छ भने अल्पकालिन कर्जा गत वर्षभन्दा ६३ दशमलव २३ प्रतिशत कम १ करोड ८६ लाख रुपैयाँ छ । प्रतिशेयर आम्दानी ४ रुपैयाँ २८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ७९ रुपैयाँ २२ पैसा छ ।

मोलुङ्ग हाइड्रोपावर १ करोड १४ लाखभन्दा बढी नोक्सानीमा

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष सो अवधिसम्म ५५ लाख ४६ हजार खुद नाफा गरेको कम्पनी यस वर्ष भने खुद नोक्सानीमा गएको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको आम्दानी घटेकाले खुद नाफामा असर गरेको हो । अघिल्लो वर्ष ३ करोड ७२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले गत वर्ष ३ करोड १४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो । कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्ष १ करोड ४१ लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ८९ लाख रुपैयाँभन्दा बढी मात्र भएको हो । हाल कम्पनीको चुक्ता पूँजी ८० करोड २५ लाख रुपैयाँभन्दा बढी छ भने रिटेन्ड अर्निङ १९ करोड ४१ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा ६० करोड २५ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने ३ करोड ४३ लाख रुपैयाँभन्दा बढी छ । १ रुपैयाँ ४२ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७५ रुपैयाँ ८० पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

चैत मसान्तसम्म सपोर्ट लघुवित्तले कमायो १ करोड १० लाख नाफा

वैशाख २५, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको ९ महीनामा रू. १ करोड १० लाख ८४ हजार खुद नाफा गरेको छ । कम्पनीको नाफा यस वर्ष गत वर्षको भन्दा ४७ दशमलव ९० प्रतिशतले घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड १२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । कम्पनीको सञ्चालन मुनाफा पनि ४७ दशमलव ९० प्रतिशतले घटेको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. १ करोड ७५ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा ३ करोड ३७ लाख रूपैयाँ आर्जन गरको थियो ।  एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा २ दशमलव ८१ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा ४ करोड १ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा ४ करोड १३ लाख रुपैयाँ कायम भएको छ ।   समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६ दशमलव २८ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ६ दशमलव ९० प्रतिशतले घटेको छ ।  कम्पनीको खराब कर्जा ४ दशमलव १४ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी १७ दशमलव २३, मूल्य आम्दानी अनुपात ९६ दशमलव ८९ गुणा छ भने प्रतिशेयर नेटवर्थ १४८ दशमलव १४ छ ।  हाल कम्पनीको चुक्तापूँजी ८ करोड ५८ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी ३० प्रतिशतले वृद्धि भएको हो । गत वर्षको चैतसम्ममा यो कम्पनीको चुक्तापूँजी ६ करोड ६० लाख रुपैयाँ थियो ।

गणपति लघुवित्तको ९ महीनाको नाफा १ करोड ३१ लाखभन्दा बढी

वैशाख २२, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको ९ महीनामा रू.१ करोड ३१ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४८ दशमलव ३५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ५४ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।  यस वर्ष खराब कर्जा संकलन २५ दशमलव २१ प्रतिशत घटेको र सम्भावित जोखिम शीर्षकमा करीब १८ प्रतिशत बढी रकम कायम गरिएकाले पनि खुद नाफा घटेको हो ।  गत वर्ष सम्भावित जोखिम शीर्षकमा रू. ३ करोड ५० लाखभन्दा बढी रकम राखेको कम्पनीले यस वर्ष रू. ४ करोड १३ लाखभन्दा बढी राखेको छ । जसका कारण सञ्चालन नाफा गत वर्षको तुलनामा ६८ दशमलव ५४ प्रतिशत कम रू. ६८ लाख ३९ हजार मात्र भएको हो ।  गत वर्ष रू. १ करोड ८४ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. १ करोड ३७ लाखभन्दा बढी मात्र संकलन गरेको छ । १९ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी वृद्धि गरी रू. १५ करोड १५ लाख ५४ हजार पुर्‍याएको कम्पनीको जगेडा कोष रकम ६ दशमलव ४४ प्रतिशत बढेर रू. ४ करोड २४ लाखभन्दा बढी कायम भएको छ । गत वर्षभन्दा करीब ५२ प्रतिशत बढी कर्जा सापटी लिएको कम्पनीको ४३ दशमलव ८८ प्रतिशत बढी कर्जा प्रवाह भएको छ । यस वर्ष कम्पनीले रू. १ अर्ब ४८ करोडभन्दा बढी कर्जा सापटी लिएको छ भने रू. २ अर्ब १९ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको निक्षेप संकलन २९ प्रतिशत बढी रू. ५५ करोड ३१ लाख भएको छ । गत वर्ष २ दशमलव ६९ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष २ दशमलव शून्य ३ प्रतिशत कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव ५७ र प्रतिशेयर नेटवर्थ रू. १२८ छ ।                                                          स्रोतः कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण

चैत मसान्तसम्म मानुषी लघुवित्तले कमायो १ करोड ८६ लाख नाफा

वैशाख २१, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको ९ महीनामा रू. १ करोड ८६ लाख ५० हजार खुद नाफा गरेको छ । कम्पनीले यस वर्ष गत वर्षको भन्दा ५५ दशमलव ८८ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड १९ लाखभन्दा बढी खुद नाफा गरेको थियो । कम्पनीको सञ्चालन मुनाफा ५६ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. ३ करोड १२ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा १ करोड ९९ लाख रूपैयाँ आर्जन गरको थियो ।  एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा ५३ दशमलव ७१ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमासम्म कम्पनीको जगेडा कोषमा ३ करोड ४२ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा ५ करोड २६ लाख रुपैयाँ कायम भएको छ ।   समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १५ दशमलव ९७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २१ दशमलव ६२ प्रतिशत बढेको छ ।  कम्पनीको खराब कर्जा ३ दशमलव १७ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) ३४ दशमलव १० प्रतिशत, मूल्य आम्दानी अनुपात ३७ दशमलव १८ गुणा छ भने प्रतिशेयर नेटवर्थ १४८ दशमव १८ छ ।  हाल कम्पनीको चुक्तापूँजी १० करोड ९३ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी ५६ दशमलव २५ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको चैतसम्ममा यो कम्पनीको चुक्तापूँजी ७ करोडरुपैयाँ थियो ।

मनकामना स्मार्ट लघुवित्तको खुद नाफामा कमी

काठमाडौं, १९ माघ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत वर्षको तुलनामा ४७ दशमलव ३२ प्रतिशतले घटेको छ । वित्तीय संस्था लिमिटेडले यस वर्ष १ करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ९७ लाख रुपैयाँभन्दा बढी यो […]

मानुषी लघुवित्तको नाफा रू.१ करोड ५१ लाखभन्दा बढी

माघ १७, काठमाडौं ।  मानुषी लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ५१ लाखभन्दा बढी नाफा कमाएको छ ।गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनी रू. ४६ लाख ५५ हजार नोक्सानीमा रहेको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा कम  रकम छुट्याउँदा सञ्चालन नाफा वृद्धि भई नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा रू. २ करोड ९ लाख छुट्याएकोमा चालू आवको सोही अवधिमा रू. ८ लाख ९६ हजार छुट्याएको थियो ।  चुक्तापूँजी रू. १० करोड ९३ लाख रहेको उक्त कम्पनीले जगेडामा रू. ४ करोड ८१ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले  रू. ४९ करोड २३ लाख सापटि लिएर, रू. ७१ करोड ३ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ ।  गत आवको दोस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा १३ दशमलव शून्य ३ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा घटेर ३ दशमलव ६९ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू.२७ दशमलव ६७, तरलता अनुपात ५७ दशमलव ८३ गुणा,तरलता अनुपात ३ दशमलव शून्य ८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१४३ दशमलव ९९ रहेको छ ।  आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट