कारोबारको पहिलो दिन किन बन्यो शेयरबजार राताम्मे ? यस्तो छ कारण

पछिल्लो समय हरियाली बन्दै आएको शेयरबजार परिसूचक नेप्से एकाएक राताम्मे बन्न थालेको छ । साताको पहिलो दिन आइतबार नै शेयरबजार परिसूचक नेप्से ३३ दशमलव ३३ अंकले घटेर २४९३ दशमलव ५९ अंकमा पुगेर रोकिएको छ

सम्बन्धित सामग्री

नेप्से पुन: २ हजारमुनि, सबै समूहगत परिसूचक राताम्मे

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ दशमलव ४३ प्रतिशत घटेर पुन: २ हजार विन्दुमुनि झरेको छ । परिसूचक १ हजार ९७२ दशमलव ०९ विन्दुमा झरेको हो ।  मौद्रिक नीति समीक्षाअघि २१ सय विन्दुमाथि पुगेको बजार त्यसपछि केही दिन सामान्य बढे पनि लगातारजसो घटेको छ । मौद्रिक नीति समीक्षामा माग सम्बोधन नभएको भन्दै लगानीकर्ता असन्तुष्ट देखिएपछि बजार घट्न थालेको जानकार बताउँछन् ।  बजारप्रति आम लगानीकर्ताको मनोबल निकै कमजोर देखिएको छ, सोही कारण क्रेता निष्क्रिय भएका छन् । ब्याजदर घटिरहेको छ भने बैंकिङ प्रणालीमा तरलता पनि पर्याप्त छ । यही कारण शेयर बजार दिनहुँ ओरालो लागेको जानकार बताउँछन् । बजार बढ्नका लागि लगानीकर्ताको मनोबल सकारात्मक हुनुपर्ने उनीहरूको भनाइ छ । यसो त पछिल्लो समय शेयर बजारमा कारोबारी बढी हावी हुने गरेका छन् । कारोबारीले थोरै मार्जिनमै खरीदविक्री गरिरहेका हुन्छन् । सोही कारण बजारले धेरै उचाई लिन नसकेको जानकार बताउँछन् ।  यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ३४ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ३८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव २० प्रतिशत घटेको छ ।  बिहीवार  ३०९ धितोपत्रको ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर ४८ हजार ३४९ पटकमा रू. २ अर्ब ५९ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोत्रपमध्ये बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २१ हजार ६०५ दशमलव १० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ८६ प्रतिशत बढेर रू. ७५८ पुगेको हो ।  बिहीवार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३५० दशमलव ९० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने कम्पनीको सूचीमा दोस्रोमा अप्पर स्याङ्गे हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ८ दशमलव ६३ प्रतिशत घटेर रू. ४४३ दशमलव २० कायम भएको छ ।  शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले ओगटेको छ । यस कम्पनीको रू. १० करोड १४ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४४० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने कम्पनीको दोस्रोमा जोशी हाइड्रोपावर छ । कम्पनीको रू. १० करोड १४ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।  यस दिन कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक घटेका छन् । वित्त समूहको परिसूचक सबैभन्दा बढी ३ दशमलव २१ प्रतिशत घटेको छ । त्यस्तै हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव ६२ प्रतिशत घटेको छ ।

मौसम नै नआई फुल्यो पाखैभरी गुँरास

म्याग्दी : चैत वैशाखमा फुल्नुपर्ने लालीगुराँस माघ महिनादेखि फुल्न सुरु गरेर फागुनमा राताम्मे भएको छ।धवलागिरि गाउँपालिकाका झकबहादुर छन्त्यालले चैत वैशाखमा फुल्नुपर्ने लालीगुराँस माघमै कोपिला लागेर मध्यफागुनसम्म जंगलै राताम्ये हुनेगरी ढकमक्क भइसकेको बताए। पश्चिमी म्याग्दीको मालिका, मंगला, धवलागिरि र उत्तरी म्याग्दीको अन्नपूर्ण, रघुगंगा गाउँपालिकाका विभिन्न जंगलमा  लालीगुराँस फुलेर राताम्य भएको स्थानीयले बताए।  कृषि प्राविधिक जगत बानियाँले मौसममा आएको परिवर्तनका कारण तापक्र

समयअगाडि फुल्यो लालीगुराँस

सिमकोट-चैत दोस्रो हप्ता फुल्नुपर्ने लालीगुराँस फागुन महिनामै फुलेर राताम्मे भएको छ। मौसममा आएको परिवर्तनको कारण लालीगुराँस एक महिना अगाडि फुलेको हो। अदानचुली गाउँपालिका- ५ का नैन छत्यालले एक महिना ढिलोगरी फुल्नुपर्ने लालीगुराँस एक महिना अगाडि नै फुलेको बताए। चैत दोस्रो हप्ता लालीगुराँस फुलेर जङ्गल राताम्मे हुनुपर्नेमा फागुन महिनामै फुलेर सबैलाई अचम्मित तुल्याएको छ। अघिल्ला वर्षहरूमा […]

फुल्ने समयमै ओइलाउन थाले लालीगुराँस

सल्यान : चैतवैशाख महिनामा फुल्नुपर्ने लालीगुराँस माघ फागुनमै फुलेर चैतको अन्तिम सातासम्म ओइलाएर झर्न थालेका छन्। प्रजाति र ठाउँको उचाइअनुसार लालीगुराँस विभिन्न समयमा फुल्न सक्ने भए पनि सल्यानमा विगतमा फागुनचैतमा मात्र फुल्ने गरेको थियो। चैतवैशाखमा फुल्ने लालीगुराँस माघ महिनादेखि नै फुल्न थालेपछि जंगल राताम्मे भएका थिए। समयअघि फुलेर राताम्य भएका लालीगुराँस हेर्न, फोटो खिच्न, टिकटक बनाउन र रमाउन पर्यटकको भीड लागेको थियो। पछिल्लो समय जलवायु परिवर्तनका कारण वातावरणमा अस्वभाविक पर

गुराँस फुलेसँगै सोलुखुम्बुमा आन्तरिक पर्यटक बढे

सोलुखुम्बु - लालीगुराँस फुलेसँगै सोलुखुम्बुमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । सोलुखुम्बुको विभिन्न ठाउँ लालीगुराँस फुलेर ढकमक्क भएसँगै हेर्न र घुम्न आउने आन्तरिक पर्यटककाे सङ्ख्या बढ्न थालेकाे छ । जिल्लाको पत्ताले, गौरीटाप, पिकेडाँडा, रात्नाङ्गी डाँडासहितका क्षेत्रहरु यतिखेर लालीगुराँस फुलेर राताम्मे देखिन्छ । फागुन अन्तिमबाट फुल्न सुरु भएको गुराँसका कारण सेल्फी लिनेहरुको भिड लागेको पत्तालेका प्रकाश मगरले बताउनुभयो । विशेषत जिल्ला बाहिरका नागरिकहरुले गुराँसलाई बढी महत्त्वका साथ लिने गरेको ...

फेडले ब्यादर बढाउने आशंकामा विश्व शेयर बजार राताम्मे, नेपालमा कस्तो असर पर्ला ?

काठमाडौं । शुक्रबार विश्व शेयर बजार राताम्मे भएको छ । जनवरीमा अमेरिकाको मुद्रास्फीति साढे ७ प्रतिशतमा उक्लिएको तथ्यांक सार्वजनिक भएपछि अघिल्लो दिनको कारोबारमा अमेरिकी शेयर बजार ओरालो लागेसँगै शुक्रबारको कारोबारमा एशियाली शेयर बजारमा पनि दबाब देखिएको हो ।  अमेरिकामा गत महीना ४० वर्षयताकै ताजा उचाईमा मुद्रास्फीति उक्लिएको तथ्यांकले देखाएको छ । महँगी नियन्त्रण गर्न केन्द्रीय बैंक फेडरल रिजर्भले आक्रामक रुपमा कदम चाल्ने अड्कलबाजी बढेपछि लगानीकर्ताहरु त्रस्त बनेका छन् । बिहिबार बजार बन्द हुँदा नास्डाक २ दशमलव १ प्रतिशतले घटेर १४ हजार १८५ दशमलव ६४ मा आएर बन्द भएको थियो । एसएन्डपी ५०० परिसचूक पनि १ दशमलव ८ प्रतिशतको कमीसहित ४४९ दशमलव ३२ मा सीमित भएको थियो ।  अर्को मुख्य परिसूचक दाउ जोन्सले पनि १ दशमलव ४७ प्रतिशतको कमी बेहोर्दै ३५ हजार २४१ दशमलव ५९ मा ओर्लिएको थियो । शुक्रबार पनि अमेरिकी शेयर बजार रातोमै रहने शेयर फयूचरहरुले देखाएका छन् । फेडले आगामी महीना सामान्य बेलाको भन्दा ठूलो आकारमा ब्याजदर बढाउने बाजी व्यापारीहरुले थापिरहेका छन् । यस्तोमा ट्रेजरीको प्रतिफलमा उछाल देखिएको छ । १० वर्षे ट्रेजरीको प्रतिफल सन्  २०१९ को अगष्टयता पहिलो पटक बिहिबार २ प्रतिशत नाघेको ट्रेडवेबले देखाएको छ बेलायतको अर्थतन्त्रको वृद्धिदर सुदृढ रहेको तथ्यांक सार्वजनिक भएपछि यूरोपमा पनि शुक्रबार शेयर बजार राताम्मे बनेका छन् । लन्डनमा फूट्सी १०० शुरुआती कारोबारमै शून्य दशमलव ९ प्रतिशतले घटेको थियो । फ्रान्समा क्याक ४० मा १ दशमलव २ प्रतिशतको कमी आएको छ भने जर्मनीमा डीएएक्स पनि शून्य दशमलव ९ प्रतिशत तलै छ । शुक्रबार बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत वर्ष बेलायती अर्थतन्त्र साढे ७ प्रतिशतले बढेको छ । वृद्धिको यो दर ८० वर्षयताकै उच्च हो । वृद्धिको यो दर अमेरिका, फ्रान्स, जर्मनी, इटली सबैभन्दा धेरै हो । एशियामा शेयर परिसचूकहरु राताम्मे थिए । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेतिर चीनको शाङ्हाइ कम्पोजिट शून्य दशमलव ६६ प्रतिशतले घटेर ३ हजार ४६२ दशमलव ९५ अंकमा आएको थियो । दक्षिण कोरियामा कोस्पी शून्य दशमलव ८७ प्रतिशतले  घटेर २ हजार ७४७ दशमलव ७१ मा आएको थियो । भारतमा पनि बीएसई सेन्सेक्सले १ प्रतिशतभन्दा धेरैको कमी बेहोरेको थियो । जापानमा बजार बन्द थियो । एशिया क्षेत्रमा हङकङ, सिंगापुर, ताइवान, थाइल्यान्ड, इन्डोनेशिया लगायत सबै बजारहरु पनि रातोमै आएका थिए ।  यस वर्ष फेडले कति छिटो छिटो अनि कति सम्म ब्याजदर बढाउँला भनेर लगानीकर्ताहरु सोचमग्न बन्दा यस वर्ष शेयर बजारमा निकै उतारचढाव आइरहेको छ । विगत पाँचमध्ये तीन हप्तामा एसएन्डपी ५०० घटेको छ । जनवरी १३ को कीर्तिमानी उच्च स्तरको तुलनामा अहिले एसएन्डपी ६ दशमलव १ प्रतिशत तल छ । कोरोना भाइरसको महामारीको प्रभावबाट अर्थतन्त्रमा विस्तारै पुनःबहाली भइरहँदा महँगी आकाशिएको छ । आपूर्ति अभाव र विश्वको आपूर्ति शृङ्खलामा देखिएको अवरोधका कारण महँगी बढेको छ ।  शुक्रबार कमोडिटिज बजारमा कच्चा तेलको भाउ बढेको छ । लन्डनको आईसीईमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव ३५ प्रतिशतले बढेर प्रतिब्यारेल ९१ डलर ७३ सेन्टमा पुगेको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सस इन्टरमिडियिट (डब्ल्यूटीआई)को भाउ शून्य दशमलव ५४ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ८९ डलर ३० सेन्टमा किनबचे भइरहेको छ । युक्रेनको विषयमा यूरोपमा तनाव बढिरहँदा हालैका दिनमा तेलको भाउले टेवा पाइरहेको छ ।  अन्तरराष्ट्रिय बजारमा अघिल्लो दिन केही उतारचढाव बेहोरेको सुनको भाउमा शुक्रबार पनि स्थीरप्रायः छ । यो समाचार तयार पार्दासम्म स्पट गोल्डको भाउ प्रतिऔंस शून्य दशमलव ९८ प्रतिशत अर्थात् १७ डलर ७५ सेन्टले बढेर १ हजार ८२५ डलर ७४ सेन्ट कायम भयो । यूएस गोल्ड  फयूचर्सको भाउ भाउ शून्य दशमलव शून्य ४ प्रतिशतले बढ्दै प्रतिऔंस १ हजार ८३७ डलर ४ सेन्टमा पुगेको छ ।  महँगी नियन्त्रण गर्न फेडले ब्याजदर बढाउने सम्भावना बलियो भएपछि पछिल्लो समय सुन बजार दबाबमा आएको छ । फेडले ब्याजदर बढायो भने डलर बाहेक अन्य मुद्रा बाहकका लागि डलरमा किनबेच हुने सुन महँगो बन्नेछ । त्यस्ता क्रेताबाट सुनको माग घट्दा मूल्यमा पनि दबाब हुनेछ । यद्यपि, सुनको भाउले प्रतिऔंस १ हजार ८१९ डलरमा टेवा पाउने प्राविधिक विश्लेषणले देखाएको छ । एजेन्सीहरुको सहयोगमा

कोरोना कहर - सुनसान छ गुराँसको राजधानी टीएमजे

सङ्खुवासभा — पूर्वी पहाडी जिल्लामा पर्ने सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्ने लालीगुराँसको राजधानी भनेर चिनिने तिनजुरे–मिल्के–जलजले (टीएमजे) अहिले सुनसान बनेको छ ।यति बेला टीएमजे क्षेत्रका वनैभरि राताम्मे भएर लालीगुराँस फुलेका छन् । तर कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्टका कारण पर्यटक नभित्रिएपछि टीएमजे प्रायः सुनसान बनेको छ । सङ्खुवासभाको चैनपुर नगरपालिका १ अन्तर्गत पर्ने गुफापोखरी, सुकेटार, मेन्छायम डाँडा र मादी नगरपालिकाभित्र पर्ने चौकीमङ्गलबारे र धर्मदेवी नगरपालिकाको टुटे देउराली र प...

ब्रोकर कमिसन घट्दा परेन सेयर बजारमा प्रभाव

सेयर बजारका सबै परिसूचक राताम्मे हुनुले बजारमा ब्रोकर कमिसन घटाएको खुसीभन्दा राजनीतिक अस्थिरताले प्रभाव पारेको देखिन्छ । सेयर ब्रोकर कमिसन घटेको पहिलो दिन नै सेयर बजार राताम्मे भएको छ । तर, यसबाट बजार ब्रोकर कमिसन घट्दा पनि किन बढेन भनेर प्रश्न गर्न सकिन्छ । तर, सेयर बजार बढ्नु र घट्नुमा विशेष कारण ब्रोकर कमिसनमात्रै होइन, […]

कोरोनाको कारण लालीगुराँसको राजधानी भनिने टीमएमजे पर्यटकीय क्षेत्र सुनसान

सङ्खुवासभा - पूर्वी पहाडी जिल्लाहरु सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्ने तिजजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र लालीगुराँसको राजधानी भनेर चिनिन्छ । यस राजधानीमा यतिवेला वनैभरि राताम्मे भएर लालीगुराँस फुलेका छन् । तर पुरै क्षेत्र सुनसान छ ।  चैत अन्तिम हप्तादेखि वैशाख अन्तिम हप्तासम्म लालीगुराँस...