सुर्खेत – स्थानीय तहको निर्वाचन हुन बाँकी एक मात्र स्थानीय तह बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। बिहान ७ बजेबाट मतदान सुरु भएकोमा बेलुका ५ बजे मतदान सम्पन्न भएको हो। बुढीगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवादपछि प्रहरीले थप झडप हुन नदिन हवाई फायर गरेको सहायक जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए। […]