प्रतिनिधि सभा पुन:स्थापनाको माग राख्दै माइतीघरमा धर्नामा बसे प्रचण्ड, माधव नेपाल लगायत नेता

प्रतिनिधि सभा विघटनको विरोधमा चरणबद्ध आन्दोलन गरिरहेको नेकपा (प्रचण्ड–नेपाल समूह)का शीर्ष नेताहरू माइतीघरमा धर्नामा बसेका छन् । तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' तथा माधव नेपालसहितका शीर्ष नेताहरू धर्नामा बसेका हुन् । प्रचण्ड र नेपाल मध्याह्न करीब १२ बजे माइतीघर पुगेका थिए । आन्दोलनको कार्यक्रमअन्तर्गत नेकपाका सांसदहरूले प्रतिनिधि सभा पुनःस्थापनाको माग राख्दै माघ १४ गतेदेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन् । धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्ने नेकपा...

सम्बन्धित सामग्री

५९ दिनपछि प्रतिनिधि सभा बैठक, एमालेको नाराबाजी

झण्डै २ महिनाको अन्तरालमा बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले नाराबाजी गरेको छ । बुधवार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गरेलगत्तै एमाले सांसदहरू वेलमा आएर नाराबाजी शुरु गरेका हुन् । माधव नेपाल लगायत पार्टीले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त गर्न मागगर्दै एमालेले भदौ २३ गतेदेखि प्रतिनिधि सभामा लगातार अवरोध गर्दै आइरहेको छ ।

‘संसदीय मर्यादा’को माग गर्दै एमालेद्वारा प्रतिनिधि सभा बैठक अवरुद्ध

माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न दिएको पत्र सभामुखले कार्यान्वयन नगरेको भन्दै नेकपा एमालेले बिहीवार पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । दशैं बिदाका कारण लामो अन्तरालपछि बसेको प्रतिनिधि सभा बैठकमा एमालेले ‘संसदीय मर्यादा कायम गर’ भन्दै नाराबाजी गरेको हो । सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गर्नासाथ एमाले सांसदहरु वेलमा आएर नाराबाजी गरेका थिए ।  एमालेले नाराबाजी गरेपछि सभामुख सापकोटाले बाढी पीडितको लागि राहतका लागि समसामयिक विषयमा ध्यानाकर्षण गराउनको लागि संसद सं...

१५ दिनका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

दशैं बिदाका कारण प्रतिनिधि सभा १५ दिनका लागि स्थगित भएको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आवरोधका बाबजुत केही कार्यसूची पारित गरेर प्रतिनिधि सभा बैठक कात्तिक ९ गतेसम्मको लागि स्थगित भएको हो ।  भदौ २३ गते अधिवेशन शुरू भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनमा अवरोध कायम राखेको छ । एमालेको अवरोध र नाराबाजीका बाबजुद प्रतिनिधि सभाबाट बजेट प्रतिस्थापन गर्न आएको विनियोजन विधेयक पारित भएको छ ।  माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिश सभामुखले कार्यान्वयन नगरेको भन्...

एमालेको नाराबाजीपछि ५ दिनका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गर्नासाथ एमाले सांसदहरू ‘संसदीय मर्यादा कायम गर’ भन्ने नारा लगाउँदै संसद्को वेलमा आएका थिए ।  सभामुख सापकोटाले प्रतिनिधि सभामा भइरहेको नियमित अवरोधले संसद्ले गर्नुपर्ने नियमित काम प्रभावित भएको भन्दै बैठक सुचारु गर्न आग्रह गरे । ‘आफ्नो कुरा राखेर बैठक सञ्चालनमा आवश्यक सहयोगका लागि अ...

प्रतिनिधि सभा विघटनविरुद्ध पाँच विद्यार्थी संगठन एकै ठाउँमा

काठमाडौं : प्रतिनिधि सभा विघटनको विरोधमा पाँच विद्यार्थी संगठन एकै ठाउँ उभिएका छन्। प्रमुख प्रतिपक्षी दलका नेताहरु एक भएसँगै यसको विद्यार्थी संगठनले पनि आज संयुक्त वक्तव्य निकाल्दै प्रतिनिधि सभा विघटनको विरोध जनाएको हो। नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, माधव नेपाल समर्थित अनेरस्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी…

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च जाने विपक्षी दलको तयारी, जुट्लान् १४९ जना?

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा जाने तयारी गरेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालत जाने तयारी गरेको हो। शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव नेपाल,…

राष्ट्रपति र प्रधानमन्त्रीको अनुचित साँठगाँठले प्रतिनिधि सभा भंग : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अनुचित साँठगाँठ गरेर प्रतिनिधि सभा भंग गरेको टिप्पणी गरेका छन् ।  शनिवार दिउँसो एक विज्ञप्ति जारी गर्दै नेता नेपालले ठूलो मूल्य चुकाएर जारी भएको संविधानमाथि प्रधानमन्त्री ओलीले तानाशाही बुट बजार्दै त्यसलाई धुजाधुजा पारेको बताएका छन् ।  उनले महामारी विरुद्ध जुध्नुपर्ने बेलामा संविधान मिची जवरजस्ती निर्वाचनतर्फ धँकेल्नु राष्ट्र र जनताविरुद्ध अपराधपूर्ण कार्य भएको बताएका छन् । उनले भनेका छन्,'यो...