काठमाडौं : साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले आज आइतबार तेस्रो खेलमा साविक विजेता भारतसँग खेल्दैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल बेलुका सवा सात बजे सुरु हुनेछ। भारतविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ। तर, बलियो भारतविरुद्ध नेपाललाई जित निकाल्न सहज छैन।पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो। यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–० गोल अन्तरले ह