पहिलो पटक मृत्यु दर आज शून्यमा झर्‍यो

सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरसका सङ्क्रमितको मृत्यु दर पछिल्लो २४घण्टामा शून्यमा झरेको छ ।  कोरोनाको दोस्रो लहर फैलिएसँग सो अस्पतालमा उपचाररत रहेका मध्ये पहिलो पटक मृत्यु दर आज शून्यमा झरेको हो । अस्पतालको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले पछिल्लो२४घण्टामा ८११ को नमूना परीक्षण गरिएकोमा १३४मा सङ्क्रमणको ...

सम्बन्धित सामग्री

सार्क सदस्य राष्ट्रमध्ये अफगानिस्तानमा सबैभन्दा धेरै कोरोनाको मृत्यु दर

काठमाडौं। सार्क सदस्य राष्ट्रहरूमध्ये अफगानिस्तानमा सबैभन्दा धेरै कोरोना संक्रमणको मृत्यु दर रहेको पाइएको छ। त्यहाँ कुल संक्रमित १ लाख ३५ हजार ८८९ जनामध्ये ४.२ प्रतिशतले ज्यान गुमाएका छन्। त्यस्तै, हाल सबैभन्दा धेरै संक्रमित पनि अफगानिस्तानमै रहेका छन्। हाल कुल संक्रमितमध्ये ३६.७ प्रतिशत सक्रिय संक्रमित रहेका छन् भने ५९.१ प्रतिशत निको भएका छन्।

कोरोना संक्रमणका कारण थप ४२ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर थप ४२ जना कोरोना संक्रमितको मृत्यु भएको बताएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ हजार ५१ पुगेको छ। नेपालमा कोरोना संक्रमणको मृत्यु दर १.५ प्रतिशत रहेको छ। नेपालमा हालसम्म संक्रमितको संख्या ६ लाख ६८ हजार २२१ पुगेको छ।

कोरोना कहर : सुदूरपश्चिम प्रदेशमा दुई दिन यता मृत्यु दर शून्य

कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगबाट सङ्क्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । यो अवधिमा एक हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ४४४ जना उपचार व्यवस्थापन पछि घर फर्किएका छन् दोस्रो लहर फैलिएयता प्रदेशमा पहिलो पटक गएको जेठ २५ गते पनि मृत्यू दर शून्य रहेको थियो ।

कोरोना संक्रमणका कारण थप ४१ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबिस घण्टामा देशभर थप ४१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ। नेपालमा कोरोना कारण हुने मृत्यु दर १.६ प्रतिशत रहेको छ।

लुम्बिनी अस्पतालमा मृत्यु दर घट्दै

काठमाडौं। लुम्बिनी अञ्चल अस्पतालमा कोरोना संक्रमित र संक्रमणबाट हुने मृत्यु दर पनि कम भएको छ। अस्पतालका प्रवक्ता डा. विष्णु गौतमकाअनुसार केहीदिन यता अस्पतालमा विरामी चाप घटेको र मृत्युदर पनि घटेको छ। हरेकदिन विरामीको मृत्यु भइरहेको थियो तर पछिल्लो २४ घण्टामा कसैको मृत्यु नभएको उनले बताए। अस्पतालमा अहिले ८० जना संक्रमितको उपचार भइरहेको छ।

लुम्बिनी अस्पतालमा मृत्यु दर घट्दै

काठमाडौं। लुम्बिनी अञ्चल अस्पतालमा कोरोना संक्रमित र संक्रमणबाट हुने मृत्यु दर पनि कम भएको छ। अस्पतालका प्रवक्ता डा. विष्णु गौतमकाअनुसार केहीदिन यता अस्पतालमा विरामी चाप घटेको र मृत्युदर पनि घटेको छ। हरेकदिन विरामीको मृत्यु भइरहेको थियो तर पछिल्लो २४ घण्टामा कसैको मृत्यु नभएको उनले बताए। अस्पतालमा अहिले ८० जना संक्रमितको उपचार भइरहेको छ।

सेती अस्पतालमा  सङ्क्रमितको मृत्यु  शून्य

सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरसका सङ्क्रमितको मृत्यु दर पछिल्लो २४ घण्टामा शून्यमा झरेको छ ।  कोरोनाको दोस्रो लहर फैलिएसँगै सो अस्पतालमा उपचाररत रहेका मध्ये पहिलो पटक मृत्यु दर आज शून्यमा झरेको हो । अस्पतालको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा ८११ को नमूना परीक्षण गरिएकोमा १३४ मा सङ्क्रमणको पुष्टि भएको छ । अघिल्ला दिनको तुलनामा सङ्क्रमण दर पनि आज घटेको छ । अस्पतालमा ४४ सङ्क्रमित उपचाररत रहेकोमा तीन जनाको भेन्टिलेटरमा,१५ को सघन उपचार कक्ष,२५ जनाको अक्सिजनक

पछिल्लो चौबिस घण्टामा कोरानाबाट २८ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस संक्रमणले नेपालमा २८ जनाको मृत्यु भएको छ। योसँगै नेपालभित्र कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३ हजार १६४ पुगेको छ। पछिल्ला दिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मृत्यु दर पनि बढ्न थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बेलायतमा कोरोना मृत्यु दर घट्दै, एक सातामा २७.१ प्रतिशत ह्रास

लन्डन । बेलायतमा पछिल्ला केहि दिनयता कोरोना संक्रमण र मृत्यु दर निरन्तर घट्दै गएको छ । गत १२ अप्रिलदेखि १८ अप्रिलसम्मको एक सातामा १८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बितेको २४ घन्टामा थप १० जनाको मात्र कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अघिल्लो दिन ३५ जनाको मृत्यु भएको थियो । अघिल्लो हप्ताको तुलनामा मृतक संख्यामा २७.१ प्रतिशतले ह्रास आएको सरकारी तथ्याँकले देखाएको छ ।योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार २७० पुगेको छ । कोरोना संक्रमणका कारण सबैभन्दा बढ