‘न त मान्छेको डर, न त किरा फट्याङ्ग्रा, सर्पको । अहिले त ढुक्कले निदाउँछु । जुन दिनदेखि ओडारमा बस्न छुट्यो, मनको डरै हरायो’, छाउपडी गोठबारे कुरा गर्दै गर्दा दैलेखकको आठबीस नगरपालिका ५ की अम्बा बिकले भन्नुभयो ।
छाउ अर्थात् (महिनावारी) हुँदा जीवनका तीन दशक बढी ओडारमै बिताएकी अम्बा अहिले महिनावारी हुँदा घरमै बस्नुहुन्छ, घरमा बस्नेमात्र हैन उहाँ घरभित्रको सबै काम गर्नुहुन्छ । छाउ हुँदा महिलाले मान्छेसँगै गाईभैँसी पनि छुन मिल्दैन, बारीमा लगाएका फलफुलका बोट बिरुवालाई छाेए सुक्छ, फल्दैन भन्...