पौडेल पक्षको निचोडः कुनै हालतमा तोकिएकै मितिमा महाधिवेशन

काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कुनै हालतमा तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने निचोड निकालेको छ। सोमबार महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा बसेको पौडेल पक्षीय बैठकले १६–१९ भदौमा महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउन सकिने निष्कर्ष निकालेको हो। वरिष्ठ नेता पौडेलले सबैले इमानदारितापूर्वक प्रयास गरे अझै पनि तोकिएकै मितिमा महाधिवेशन गर्न सकिने बैठकको निष्कर्ष रहेको बताए।

सम्बन्धित सामग्री

महाधिवेशनमा ध्यान केन्द्रित गर्ने कांग्रेस पौडेल पक्षको निर्णय

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ ।शनिबार बिहान चाक्सीबारीमा रहेकाे नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी  केन्द्रित भएर लाग्ने निर्णय गरेको हो । महाधिवेशनमा एकजुट भएर लाग्नका लागि सिंगो पार्टी पंक्तिलाई एक औपचारिक कार्यक्रम गरी आह्वान गर्ने निर्णय पनि गरिएको नेता सिंहले जानकारी दिनु भयो ।पार्टी सभापति शेरबहादुर देउवासँग वरिष्ठ नेता पौड...

कांग्रेस महाधिवेशन सार्न संस्थापन पक्षको प्रस्ताव

काठमाडौं । देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको महाधिवेशनको म्याद गुज्रिन लागेपनि पार्टी विवादमै रुमलिएको छ । संस्थापन पक्षले महाधिवेशन सार्ने प्रस्ताव राखिरहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने तोकिएकै मितिमा महाधिवेशन गर्ने भन्दै दबाव दिन छोडेको छैन ।  बिहीबारदेखि सुरु भएको केन्द्रीय बैठकमा महाधिवेशनको एजेन्डा प्रवेश नै...

विधान र मापदण्ड विपरीतका क्रियाशील सदस्यलाई स्वीकार नगर्ने पौडेल पक्षको निर्णय

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विधान र मापदण्ड विपरीतका क्रियाशील सदस्यलाई स्वीकार गर्न नसकिने जनाएको छ।नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा मंगलबार बसेको पौडेल पक्षको बैठकले विधान र मापदण्ड विपरीतका क्रियाशील सदस्यलाई स्वीकार नगर्ने निर्णय गरेको हो।बैठकले क्रियाशील सदस्यताको सबै नवीकरण वडा तथा क्षेत्रबाटै आउनुपर्नेमा जोड दिएको नेता अर्जुननरसिंह केसीले बताए। तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुनुपर्नेमा बैठकले जोड दिएकोछ।

तोकिएकै मितिमा महाधिवेशन हुनुपर्नेमा पौडेल पक्षको जोड

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ। स्थानीय अधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसको आसन्न महाधिवेशन अन्यौलमा परेका बेला पौडेल समूहले केन्द्रीय महाधिवेशन निर्धारित समयमै हुनुपर्नेमा जोड दिएको हो। पौडेल समूहको आइतबार बसेको बैठकमा महाधिवेशनका बारेमा छलफल भएको नेता अर्जुननरसिंह केसीले बताए। कांग्रेस महाधिवेशन भदौ १६–१९ मा काठमाडौँमा हुने तय गरिएको छ।