१९ असार, काठमाडौं । बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिले लघु विमा कम्पनीको आवश्यकताबारे अध्ययन गर्ने जिम्मा स्वार्थ बाझिने गरी लघुविमा कम्पनीकै अधिकारीहरुलाई दिएको छ । विमा समितिका निर्देशक सुशील सुवेदीको संयोजकत्वमा गठित उक्त समितिमा सगरमाथा इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल सदस्य छन् । […]