इन्डियन प्रिमियर लिग(आईपीएल)मा चेन्नई सुपर किंग्सले पहिलो जित हात पारेको छ । प्रतियोगिताको पहिलो खेलमा हार बेहोरेको चेन्नईले दोस्रो खेलमा पञ्जाब किंग्सलाई छ विकेटले हराएको छ ।
पञ्जाबले प्रस्तुत गरेको १०७ रनको लक्ष्य चेन्नईले खेल सकिन २६ बल बाँकी छँदै चार विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा मोइन अलिले सर्बाधिक ४६ रनको योगदान दिनुभयो । फाफ डु प्लेसिसले अविजित रहँदै ३६ रनको योगदान दिनुभयो । साम कर्रनले पाँच रन बनाएर अविजित रहनुभयो ।
पञ्जाब किंग्सका लागि मोहम्मद सामीले सर्बाधिक दुई तथा अरशदीप सिंह र मुर्गन अश्विनले सामान एक एक विकेट लिनुभयो ।