उपत्यकामा जम्मा ४५ जना सक्रिय संक्रमित, २० जिल्ला संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि १० जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ६ सय ९१ जनामा गरिएको परीक्षणमा १० जना संक्रमित भेटिएका ह‍ुन्।आज ३४ जना संक्रमणमुक्त भएका छन् भने २४ घन्टा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। हाल देशभरि जम्मा ६ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचार गराइरहेका छन्।मन्त्रालयको विवरणअनुसार हाल देशभरि ३ सय ५० जना मात्र सक्रिय संक्रमित रहेका छन् भने काठमाडौं उपत्यकामा जम्मा ४५ जना सक्रिय

सम्बन्धित सामग्री

देशभर ९७ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमित थपिएका छन्। ३ हजार ४७ जनामा गरिएको परीक्षणमा ९ जना संक्रमित थपिएका हुन्। आज थप १३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ९७ रहेको छ। आइसियूमा र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ। सक्रिय संक्रमित शून्य रहेका जिल्ला ३५ वटा रहेको मन्त्रालयले जनाएको छ।

कोभिड अपडेट : आज भेटिए १९ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १९ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ४ हजार १९७ जनामा गरिएको परीक्षणमा १९ जना संक्रमित भेटिएका हुन्।आज १८ जना बिरामी संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ सय ४९ जना सक्रिय संक्रमित रहेका छन्।जसमा काठमाडौं उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरमा गरी ४४ जना सक्रिय संक्रमित रहेका छन्। भक्तपुर संक्रमणमुक्त रहेको छ।यस्तै नेपालमा हालसम्म ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाएका छन्।

कोरोना अपडेट : आज भेटिए २० जना, उपत्यकामा ४७ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि २० जना कोभिड १९ संक्रमित भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार २ सय २२ जनामा गरिएको परीक्षणमा २० जना संक्रमित भेटिएका हुन्। आइतबार मात्र २७ जना संक्रमणमुक्त भएका छन्। यसैगरि मन्त्रालयले जनाए अनुसार आइतबार मात्र २९ हजार ५ सय ७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।हाल देशभरि २ सय २१ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् भने ति मध्ये काठमाडौं उपत्यकामा ४७ जना सक्रिय संक्रमित रहेका छन्। आजसम्ममा देशभरि ३१ वटा

काठमाडौं उपत्यकामा ६३ जना सक्रिय संक्रमित, २५ जिल्ला कोरोनामुक्त

काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ६ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा ६ र ललितपुरमा २ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ६३ पुगेको छ । आजसम्म २५ जिल्लामा संक्रमणमुक्त भएका छन् । आज देशभर होम आइसोलेसनमा २९५ र ३ जना संस्थागत आइसोलेसनमा रहेका...

१८ जिल्ला कोरोनामुक्त, देशभरि ८ सय ४२ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि ३३ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार ५९ जनामा गरिएको परीक्षणमा ३३ जना संक्रमित भेटिएका हुन्।आज ८९ जना कोरोना संक्रमणमुक्त भएका छन्। आज संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। हाल देशभरि ८ सय ४२ जना सक्रिय संक्रमित छन्।हाल देशभरिका १८ वटा जिल्लामा कोरोना संक्रमित शून्य रहेका छन्। जसमा इलाम, भोजपुर, सोलुखुम्बु, चितवन, दोलखा, नुवाकोट, रसुवा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रुपन्देही, जाजरकोट, जुम्ला,

संक्रमणमुक्त हुने एक्लो जिल्ला बन्यो मनाङ

मनाङ सक्रिय संक्रमित शून्य हुने पहिलो जिल्ला बनेको छ । ओमिक्रोन भेरियन्ट फेला परेसँगै नेपालमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएयता मनाङमा पहिलो पटक सक्रिय संक्रमितको संख्या शून्यमा पुगेको हो ।हाल देशभर ५२ हजार ७८० जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ५ सयभन्दा सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । सबैभन्दा धेरै सक्रिय संक्रमित काठमाडौँमा रहेका छन् । का

मकवानपुरमा कोरोनाका १ हजार ३ सय ४५ सक्रिय संक्रमित

मकवानपुरमा बुधबारसम्म कोरोनाका एक हजार तीन सय ९५ सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार बुधबार ४६ जना कोरोना संक्रमित थपिएका छन् ।कार्यालयका अनुसार दुई सय ७८ जना भने कोरोना संक्रमणमुक्त भएका छन् । मकवानपुरमा हालसम्म कोरोनाको कारण एक सय ७० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । मकवानपुरमा हिजो मंगलबार एक सय ४६ जनामा कोरोना पुष्टि हुँदा दुई सय ३६ जना संक्रमणमुक्त भएका थिए ।

चार जिल्ला कोभिड संक्रमणको रेड जोनमा, उपत्यकामा २५ सय सक्रिय संक्रमित

काठमाडौं । कोभिड–१९ को जोखिमका हिसाबले हाल देशभरका चारवटा जिल्ला रेड जोनमा छन् । ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका काठमाडौं, भक्तपुर, ललितपुर र कास्की रेड जोनमा परेका हुन् ।  यीबाहेक अन्य जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा कम रहेको छ भने हालसम्म कुनै पनि जिल्ला संक्रमणमुक्त हुन सकेका छैनन् ।...

सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जानकारी दिएको छ। जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमित एक हजार ५६० जना रहेका छन्। हालसम्म दुई हजार ४६ जना संक्रमणमुक्त भएका छन्। सिन्धुपाल्चोकमा दुई महिनादेखि निषेधाज्ञा लगाइएको छ।

कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना भाइरस संक्रमणमुक्त

कर्णाली प्रदेशका १० मध्ये ९ जिल्ला कोभिड–१९ को संक्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमित छैनन् ।मंगलवारसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना संक्रमण शून्यमा झरेको हो ।   ...