कुश्मामा पनि रेलमार्ग र सुरुङमार्ग बन्‍ने छन् : ओली

पर्वत– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले कुश्मामा रेलमार्ग र सुरुङमार्ग बन्ने बताएका छन् । शनिबार कुश्मामा भएको जनसभामा अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहेका बेला झोलुङ्गे पुल र तुइन हटाउने काम तीव्रताका साथ गरेको भन्दै यहाँ रेलमार्ग र सुरुङमार्ग पनि बन्दै जाने बताएका हुन् । केरुङ–काठमाडौँको रेलमार्ग निर्माण प्रक्रिया सुरु भइसकेकाले कुश्मामा पनि विस्तारै रेल बन्ने […]

सम्बन्धित सामग्री

मुआब्जा दिन पूर्व–पश्चिम विद्युतीय रेलमार्ग प्रभावितको माग

बिर्तामोड– पूर्व–पश्चिम विद्युतीय रेलमार्ग प्रभावितले काँकरभिट्टा–इनरुवा खण्डमा रेलमार्ग बनाउने भन्दै रोक्का राखेको जग्गाको मुआब्जा तत्काल वितरण गर्न सरकारसँग माग गरेका छन् । संवाद समूह झापाले कनकाई नगरपालिकास्थित सुरुङ्गामा आयोजना गरेको काँकरभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितको बैठकमा उनीहरूले यस्तो माग गरेका हुन् । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्ने भन्दै झापा, मोरङ र सुनसरी जिल्लाका करिब पाँच […]

चीनका कार्यवाहक राजदूत भन्छन् : अन्तरदेशीय रेलमार्ग निर्माणमा सँगै काम गर्छौं

१७ पुस, काठमाडौं । नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिनले हिमालपारि अन्तरदेशीय रेलमार्ग निर्माणमा सँगै काम गर्ने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले चीन नेपाल अन्तरदेशीय रेलमार्ग निर्माण नेपाली नेता र जनताको अपेक्षा भएको बताए । ‘दुई देशका नेताबीच भएको सहमतिअनुसार चीनले नेपालको सीमापार रेलमार्ग सम्भाव्यता अध्ययनमा सहयोग पुर्‍याउन […]

भारतले बथनाह-कटहरी रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने

११ पुस, काठमाडौं । भारत सरकारले बथनाह-कटहरी रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । भारतीय सीमास्थित भन्सार बिन्दुबाट नेपालतर्फको आठ किलोमिटर रेलमार्ग निर्माण सकिएकाले नेपाल सरकारलाई हस्तान्तरण हुन लागेको रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए । कटहरीसम्म कुल १३ किलोमिटर निर्माण गर्न बाँकी रहेकोमा पाँच दशमलव छ किमी रेलमार्ग निर्माण अघि बढाइएको प्रवक्ता चित्रकारले […]

भारतले बथनाह कटहरी रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने

काठमाडौँ,११ पुष । भारत सरकारले बथनाह कटहरी रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । भारतीय सीमास्थित भन्सार विन्दुबाट नेपालतर्फको आठ किलोमिटर रेलमार्ग निर्माण सकिएकाले नेपाल सरकारलाई हस्तान्तरण हुन लागेको रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए । कटहरीसम्म कुल १३ किलोमिटर निर्माण गर्न बाँकी रहेकोमा पाँच दशमलव छ किमी रेलमार्ग निर्माण अघि बढाइएको प्रवक्ता […]

भारतले बथनाह-कटहरी रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने

भारत सरकारले बथनाह-कटहरी रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । भारतीय सीमास्थित भन्सार विन्दुबाट नेपालतर्फको आठ किलोमिटर रेलमार्ग निर्माण सकिएकाले नेपाल सरकारलाई हस्तान्तरण हुन लागेको रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।कटहरीसम्म कुल १३ किलोमिटर निर्माण गर्न बाँकी रहेकोमा पाँच दशमलव छ किमी रेलमार्ग निर्माण अघि बढाइएको प्रवक्ता चित्रकारले बताए । बाँकी खण्डमा भने जग्गा विवादका कारण निर्माण सुरु हुन सकेको छैन । “कटहरी क्षेत्रमा जग्गा विवादको समस्या अझै पनि छ”, उ

के चीनले अनुदानमा केरुङ-काठमाडौं रेलमार्ग बनाइदेला

काठमाडौं, २६ साउन । केरुङ-काठमाडौं रेलमार्ग फेरि चर्चामा पुगेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणका बेला केरुङ काठमाडौं रेलमार्ग सम्भाव्य अध्ययनका लागि अनुदान सहयोगको प्रतिवद्धता आएको छ । विभिन्न शिर्षकमा अनुदानको प्रतिवद्धता भएकोमा १५ अर्ब रुपैयाँमध्ये अधिकांश रेलमार्ग अध्ययनका लागि छुट्याइने बुझिएको छ । नेपाल चीन सहमतिमा रेलमार्गबारे उल्लेख छ । रेलमार्गको अध्ययनका […]

एक दशकसम्म मुआब्जामै अल्झियो पूर्व पश्चिम रेलमार्ग

सरकारले राष्ट्रिय गौरवको सूचीमा रहेको पूर्व–पश्चिम रेलमार्ग निर्माण सुरु गरेको पनि एक दशक बितिसकेको छ। अहिलेसम्म यो रेलमार्ग प्रभावित क्षेत्रको मुआब्जा निर्धारण गर्न नसक्दा आयोजनाले गति लिन सकेको छैन।...

काठमाडौं–रक्सौल रेलमार्ग बन्ने

काठमाडौं, २९ साउन । काठमाडौंबाट रक्सौलसम्मको रेलमार्ग बन्ने भएको छ । त्यसका लागि फाइनल लोकेशन सर्भे सुरु हुन लागेको छ । फाइनल लोकेशन सर्भेका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौताको तयारी समेत भएको बुझिएको छ । सर्भे भारत सरकारकै लागतमा हुने बुझिएको छ । रक्सौल काठमाडौं रेलमार्ग नाम दिइएको योजनाको चर्चा वर्षौं देखि हुँदै […]

बथनाहा–विराटनगर–कटहरी रेलमार्ग विस्तारको काम अलपत्र

विराटनगर । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण थालिएको भारतको बथनाहा–विराटनगर–कटहरी रेलमार्ग विस्तारको काम अलपत्र परेको छ । मुआब्जा विवाददेखि लिएर ठेकेदारले काम नगरी बीचैमा भागेका कारण रेलमार्ग विस्तारको काम अलपत्र परेको हो ।सन् २०१९ डिसेम्बर १२ सम्ममा बथनाहादेखि नेपालतर्फको बुधनगर हुँदै कटहरीसम्म रेल सञ्चालन गर्ने योजनाअनुसार सन् २०११ बाट कुल १८.६०१ किलोमिटर लामो रेलमार्ग विस्तारको काम सुरु भएको थियो । तर ९ वर्ष पूरा भइसक्दा पनि नेपालतर्फको रेलमार्ग निर्माणका लागि अझै ८

रेलमार्ग विस्तारलाई १० अर्ब बजेट

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा रेलमार्ग विस्तारको अध्ययन गर्नलाई १० अर्ब बजेट विनियोजन गरेको छ। पूर्वपश्चिम विद्युतीय रेलमार्ग, काठमाडौं केरुङ, रक्सौल काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्नलाई बजेट व्यवस्थापन भएको हो।