अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यका सडकमार्फत समुन्द्रसँग जोडिएको बताएका छन् । उनले चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै भूपरिवेष्टित भएपनि सडकमार्फत राजधानी काठमाडौं समुन्द्रसँग जोडिएको बताएका हुन् ।उनले भने, ‘अब समुन्द्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउँछ । जाँचपास लगायतका काम यहीँबाट सम्पन्न हुन्छन् ।’ यसबाट व्यापार÷व्यवसायको प्रबर्द्धनमा सहयोग पुग्ने अर्थमन्त्री शर्माको भनाइ छ । ‘चोभार सुख्खा बन्दरगाह आयातको केन्द्रका रूपमा नभइ निर्यातको के