सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक : महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । सोमबार नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा महतले महासङ्घ नेतृत्व वर्तमान वित्तीय तथा आर्थिक समस्याका बारेमा सचेत र जानकार रहेको भन्दै देखिएका समस्या समाधानमा पहल थाल्न आग्रह गर्नुभएको थियो । “वर्तमान समयमा निजी उद्योगी व्यवसायीमा केही असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको अवस्था महसुस हुन सक्छ,” उहाँले भन्नुभयो, “तर, विद्यमान चुनौती सरकार र निजी क्षेत्र मिलेर हटाउन सकिन्छ ।”

सम्बन्धित सामग्री

‘आर्थिक स्थायित्वका लागि सरकार–निजी क्षेत्र सहकार्य आवश्यक’

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायित्वका लागि सरकार र निजीक्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् । भक्तपुर चेम्बर अफ कमर्सको छैटौं साधारणसभा एवं तेस्रो अधिवेशनमा उनले आर्थिक स्थायित्वका लागि सरकार र निजीक्षेत्रबीचको सहकार्य महत्त्वपूर्ण रहेको बताएका हुन् । उनले भने, ‘अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य गरिनुपर्दछ । सरकारका तर्फबाट भएका कमजोरीलाई पनि सुधार गरिनुपर्दछ र करको दायरामा आउन निजीक्षेत्र पनि उदार हुनुपर्दछ ।’ मुलुकमा पछिल्लो समय आर्थिक सूचक सकारात्मक भए पनि निजीक्षेत्र र आम सर्वसाधारणले त्यसको व्यावहारिक अनुभूति गर्न नसकेको उनको भनाइ छ । सो अवसरमा उनले मुलुकमा औद्योगिक एवं व्यावसायिक वातावरण बन्न नसक्नुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताए । सरकारले गर्ने खर्चमा मितव्ययिता अपनाउन आवश्यक रहेकोमा उनको भनाइ थियो । सरकार फेरिएसँगै नीतिहरू फेरिनाले पनि अर्थतन्त्र सधैं अस्थिर हुने गरेको दाबी छ ।

‘शिथिल अर्थतन्त्र सुधार्नमा सरकार–निजी क्षेत्र सहकार्य’

शिथिल अर्थतन्त्र सुधारमा सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एकै मञ्चमा सरकारी अधिकारी र निजी क्षेत्रले समस्या समाधानमा सामूहिक सहकार्य आवश्यक रहेको बताए ।

आर्थिक विकासका लागि सहकार्य आवश्यक

अर्थमन्त्री प्रकाश शरण महतले मुलुकको आर्थिक विकासका लागि सवै मिलि काम गर्नुपर्ने खाँचो औंल्याएका छन् । खस्कँदो अर्थतन्त्रलाई उकास्न सम्वद्ध सबै पक्षसँगै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकतामा उनले जोड दिए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतबार गएको महासँग प्रतिनिधिमण्डलसँगको भेटमा उनले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने […]

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक: नन्दकिशोर पुन

काठमाडौँ- उपराष्ट्रपति नन्दकिशोर पुनले नेपालको अर्थतन्त्र सुधारका लागि सरकारसँग निजी क्षेत्रको सहकार्य अति आवश्यक रहेको बताएका छन्। द एचआरएम अवार्ड २०२२ मा बोल्दै उनले निजी क्षेत्र, सामाजिक क्षेत्रलगायतको सहकार्यमा मात्रै देश विकास हुने र अर्थतन्त्रमा समेत सुधार आउने बताएका हुन्। साथै अबको सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने आशा राखेको उनले बताएका छन्। उनी […]

सरकार र निर्माण व्यवसायीबीच सहकार्य हुनुपर्छ : मन्त्री चौधरी

काठमाडौं : शहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीको सामना गर्न जरुरी रहेको बताएका छन्।बिहीबार नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा गरेको प्रभातफेरी कार्यक्रममा उनले सरकार र निजी क्षेत्र मिलेर चुनाैती सामना गर्न आवश्यक रहेको बताए।‘भौतिक निर्माणका क्षेत्रमा हाम्रा अगाडि च्यालेन्ज छन्। गुणस्तरका काम नहुने कुरा, समयमा नसकिने कुरा छन्। यसलाई सम्बोधन गर्न जरुरी छ’, उनले भने, ‘जबसम्म हामी सरकार र निर्माण व्यवस

निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नुपर्छ– अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रको समुन्नतिका लागि सरकार र निजी क्षेत्र एकआपसमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताएका छन् । लेखनाथ महोत्सव–२०७८ को आज कास्कीको लेखनाथस्थित डाँडाको नाकमा उद्घाटन गर्दै उनले राजनीतिक एवं संवैधानिकरुपमा प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताए।    स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै समुदायलाई आत्मनिर्भर बनाउनु आवश्यक भएकामा जोड दिँदै उनले कोरोनाका कारण अर्थतन्त्रमा असर पारेको उल्लेख गरे । कृषिमा चाँडो आत्मनि

कोभिडबाट जोगिएर अगाडि बढाउनुपर्छ : अनिल शाह

काठमाडौं। नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले कोभिडको संकटबाट जोगिएर दैनिक कामलाई अगाडि बढाउनुपर्ने बताएका छन्। उनले नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले भने,“अहिलेको संकटमा सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको छ।”

‘सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

दाङ-देशको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच समन्वय भएर अगाडि बढ्नु पर्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघका ५१औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरूले सरकार र निजी क्षेत्रको सहकार्यमा मात्र समृद्धि हासिल हुने बताएका हुन् ।देशको आर्थिक विकासका लागि राज्यसँग सहकार्य गरेर अगाडि बढ्न निजी क्षेत्र तयार […]