काठमाडौं । बाँकेमा हतियारसहित तीनजना पक्राउ परेका छन् ।
मंगलबार बेलुका प्रहरीले डुडुवा गाउँपालिका–४ राप्ती पुलनजिक बाग्मती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडी जाँच गर्ने क्रममा हातहतियार फेला पारेपछि उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट मेड इन यूएसए लेखेको एकथान अटोमेटिक पेस्तोल, सोको एक थान म्याग्जिन, नौ राउन्ड गोली, एक...